Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी

पोखरा । कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन व्यवसायीले एकदिने मानसिक स्फूर्तिसम्बन्धी योग ध्यान गरेका छन् । पोखरा पर्यटन परिषद् र योगशालाको संयुक्त आयोजनामा बेगनास शिवालय योग रिसोर्टमा आयोजित उक्त योग शिविरमा सहभागीले मानसिक स्फूर्तिका लागि आवश्यक योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सवलगायतका विभिन्न विधि गरेर आफूलाई ताजगी गराएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । “कोभिड–१९ ले व्यवसायमा ठूलो असर पा¥यो भने यसबाट सिर्जित अवस्थाले अधिकांश व्यवसायीलाई मानसिक तनाव निम्त्याएको छ, योग ध्यानको माध्यमबाट मानसिक स्फूर्तिका लागि यो कार्यक्रम सफल भएको महसुस हामीले गरेका छौँ,” भट्टराईले भने, “हर कुनै परिस्थितिसँग अघि बढ्न मनस्थिति बलियो बनाउन आवश्य छ, योग ध्यानले मानिसलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गर्दछ ।”

पर्यटन यातायात व्यवसायी पोखराका अध्यक्ष बबरजङ्ग गुरुङले कोभिड–१९ ले व्यवसायमा देखिएको असहज परिस्थितिले निराशा थपेको जनाउँदै योग ध्यान विधिले संयम बनाएर तनावमुक्त हुने विधि सिक्न सफल भएको बताए । “अहिले व्यक्त गर्न नसकिने धेरै पीडा व्यवसायीमा छ, जसका कारण थुप्रै मानसिक तनावहरु भोग्नु परिरहेका छ, यस्तो अवस्थामा आफूलाई कसरी मानसिकरूपमा स्वस्थ राख्न सकिन्छ भन्ने कुरा योगको माध्यमबाट थाहा पाउने अवसर मिल्यो ।” उनले योग ध्यानमा सहभागी हुँदा सकारात्मक ऊर्जा र आनन्दको महसुस गरेको प्रतिक्रिया दिए ।

कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित सञ्चाालित उक्त कार्यक्रममा योग प्रशिक्षक स्वामी ध्यान सागर सुनिल श्रेष्ठले सहजीकरण गरेको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार परिषद्सँग आबद्ध पर्यटन व्यवसायी, सञ्चारकर्मी गरी ३० जनाको सहभागिता रहेको थियो । पर्यटन व्यवसायीको मागलाई ध्यान दिँदै आगामी दिनमा पनि तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies