Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

पेरिस । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार कोरोनाभाइरसको महामारीबाट १४ करोड १५ लाखको हाराहारीमा मानिस सङ्क्रमित भएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको उहान शहरमा देखा परेको भनिएको कोरोनाभाइरसबाट सर्वाधिक असर युरोप र अमेरिकामा परेको भेटिएको छ । विश्वभर अझै पनि सक्रिय सङ्क्रमितको संख्या एक करोड ८४ लाख छ जसमा मध्यम किसिमका लक्षण भएकाहरु एक करोड ८२ लाख छ भने गम्भीर अवस्थामा उपचार गराइरहेकाहरु एक लाख सात हजार छन् ।

कोरोनाभाइरस सङ्क्रमितमध्ये झण्डै १२ करोड मानिस सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये करिब २ प्रतिशत अर्थात् ३० लाख २३ हजारको मृत्यु भएको छ ।

पछिल्ला विवरणमा संयुक्तराज्य अमेरिका कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित छ । अमेरिकामा हालसम्म तीन करोड २३ लाख सङ्क्रमित भएकामा ५ लाख ८० हजारको मृत्यु भएको छ । दोस्रो स्थानको ब्राजिलमा एक करोड ३९ लाख सङ्क्रमितमध्ये ३ लाख ७१ हजारको ज्यान गएको छ ।

त्यस्तै, भारतमा एक करोड ४८ लाख सङ्क्रमित भएकामध्ये एक लाख ७७ हजारको मृत्यु भएको छ ।

युरोपमा हालसम्म चार करोड २७ लाख सङ्क्रमित भएकामा नौ लाख ७४ हजारको ज्यान गएको छ जसमा बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख १६ हजार, रसियामा एक लाख पाँच हजार, फ्रान्समा एक लाख, जर्मनीमा ८० हजार, स्पेनमा ७६ हजार, पोल्यान्डमा ६१ हजार, युक्रेनमा ३९ हजार रहेका छन् ।

यस्तै, उत्तर अमेरिकी महादेश अन्तर्गत संयुक्तराज्य अमेरिकामा ५ लाख ८० हजार, मेक्सिकोमा २ लाख १२ हजार, क्यानडामा २३ हजार, ग्वाटेमालामा सात हजार, पनामा ६ हजार, होन्डुरसमा ५ हजार, डोमिनिकन रिपब्लिकमा ३ हजार ४०० को मृत्यु भएको छ ।

उता दक्षिण अमेरिकी मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमणले धेरैको ज्यान लिएको छ । कूल ६ लाख २० हजारको ज्यान गएको दक्षिण अमेरिकामा ब्राजिल सर्वाधिक प्रभावित छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा ३ लाख ७२ हजार, कोलम्बियामा ६७ हजार, अर्जेन्टिनामा ५९ हजार, पेरुमा ५६ हजार, चिलीमा २५ हजार, इक्वेडरमा १७ हजार, बोलिभियामा १२ हजार, पाराग्वेमा ५ हजार, भेनेजुएलामा करिब २ हजारको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट सर्वाधिक असर भारतमा भएको छ । सङ्क्रमणको दर पनि उच्च रहेको भारतमा एक लाख ७७ हजारको मृत्यु भइसकेको छ । इरानमा ६६ हजार, इन्डोनेसियामा ४३ हजार, टर्कीमा ३५ हजार, पाकिस्तानमा १६ हजार, फिलिपिन्समा १५ हजार, इराकमा १५ हजार, बंगलादेशमा १० हजार, जापानमा ९ हजार, जोर्डनमा ८ हजार, लेबनानमा ६ हजार, इजरायलमा ६ हजार, चीनमा चार हजार ६३६ जनाको मृत्यु भइसकेको छ ।
तुलनात्मक रुपमा अफ्रिकी महादेशमा कोरोनाभाइरस सङ्क्रमण र मृत्युदरमा कमी छ । तैपनि अफ्रिकी महादेशमा करिब ४५ लाख सङ्क्रमित भएकामध्ये करिब एक लाख १८ हजारको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकमध्ये दक्षिण अफ्रिकामा ५३ हजार ७००, इजिप्टमा १२ हजार ६९४, ट्युनिसियामा ९ हजार ७१७, मोरक्कोमा ८ हजार ९४४, इथियोपियामा तीन हजार, अल्जेरियामा तीन हजार, लिबियामा २ हजार ८८२, केन्यामा २ हजार ४६३, सुडानमा २ हजार, नाइजेरियामा २ हजारको ज्यान गएको छ ।

पछिल्लो एक सातामा कोरोनाभाइरसबाट करिब ५३ लाख व्यक्ति सङ्क्रमित भएका छन् जसमा भारतमा मात्र करिब १४ लाख संक्रमित भएको पाइएको छ । यो अघिल्लो साताको तुलनामा झण्डै ६४ प्रतिशत बढी हो । त्यस्तै, अमेरिकामा करिब पाँच लाख, ब्राजिलमा ४ लाख ५५ हजार, टर्कीमा करिब चार लाख, फ्रान्समा २ लाख ३७ हजार, इरानमा १ लाख ६६ हजार, अर्जेन्टिनामा एक लाख ६० हजार नयाँ सङ्क्रमित देखिएका छन् ।

कोरोना संक्रमणको दोस्रो, तेस्रो लहर चलेको अवस्थामा पछिल्लो एक सातामा ८१ हजार ८६२ जनाको मृत्यु भएको छ । अघिल्लो साताको तुलनामा यो झण्डै ७ प्रतिशत अर्थात् ५ हजार २९७ बढी हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies