Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पछिल्लो एक सातामा ३०० बालबालिकामा कोरोना संक्रमित, पठनपाठन ठप्प

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन् । बालबालिकामा समेत सङ्क्रमण देखिएपछि काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयका कतिपय अभिभावकले पढाइभन्दा ज्यान ठूलो ठानेर आफ्ना छोराछोरीलाई पठाउन छाडेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, समारोह, विद्यालय, भीडभाड हुने व्यावसाय र रात्रिकालीन होटलजस्ता स्थान सञ्चालन नगर्न पटकपटक आग्रह गरेको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दका विषयमा सरोकार भएका पक्षसँग परामर्श गरी सुझाव तयार गरेको छ ।

बालबालिका चरित्रका दृष्टिकोणले चञ्चले, उत्सुक, जिज्ञासु, नक्कल गर्ने, जिद्दी तथा अनुसन्धानकर्ता हुने हुँदा र समूहमा बस्दा कोभिड–१९ को जोखिम अत्यधिक हुने भएकाले जोखिम भएका स्थानमा बालबालिकालाई सुरक्षित राख्नु चुनौतीपूर्ण देखिएको छ ।

पछिल्लो एक सातामा मात्रै करिब ३०० बालबालिका सङ्क्रमित भइसकेका छन् । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिकाइ निरन्तरताबारे सरोकारवाला पक्षबाट प्राप्त सुझाव र मन्त्रालयको राय समेटेर कोभिड–१९ केन्द्रीय निर्देशन तथा व्यवस्थापन समिति (सिसिएमसी) र मन्त्रिपरिषद्मा सुझाव पठाइएको जानकारी दिए ।

गत वर्ष बन्दाबन्दीका अवधिमा पाठ्यवस्तुमा समायोजन गरी अनलाइन, टेलिभिजन, रेडियोजस्ता सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सिकाइ निरन्तरता दिइएको थियो । मुलुकका सबै भागमा सूचना तथा सञ्चार प्रविधिको पहुँचको अभाव र सबै शिक्षक सूचना प्रविधिमा पोख्त नभएकाले वैकल्पिक माध्यमको सिकाइ प्रभावकारी नभएको विभिन्न अध्ययनले देखाएको थियो ।

सरकारले तोकिएको कार्यविधिका आधारमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय पुनः सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको थियो । शिक्षा विकास तथा मानव संशाधन केन्द्रले विद्यार्थीका लागि स्वअध्ययन सामग्री प्रकाशन गरेको थियो भने कतिपय विद्यालयका शिक्षकले घरघर र टोलटोलमा पुगेर पनि पढाउन पहल गरेका थिए ।

यस्ता प्रयासलाई पुनः थालनी गर्न सकिने भए पनि प्रत्यक्षरूपमा पढाइएको सरहको सिकाइ उपलब्धि नहुने ठानिएको छ । शिक्षा मन्त्रालयले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन गत जेठ १८ मा जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७’ मा पनि परिमार्जनको आवश्यकता देखिएको छ ।

विगत केही समयदेखि बालबालिकामा देखिएको कोभिड–१९ को सङ्क्रमण र सो भाइरसको जोखिमयुक्त अनुवांशिक परिवर्तन बालबालिका र युवा समुदायमा फैलिएको सन्दर्भमा अभिभाभवक र बालअधिकारकर्मी चिन्तित छन् ।

बालसंरक्षण र बालअधिकारका क्षेत्रमा क्रियाशील नागरिक संस्थाको सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले यसप्रति गम्भीर हुन र वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सिजपका अध्यक्ष नरेन्द्र डङ्गोलले जोखिम मूल्याङ्न गरी विद्यालय कम्तीमा तत्कालका लागि तीन हप्ता भौतिकरूपमा सञ्चालन नगरी शिक्षण सिकाइको वैकल्पिक प्रबन्ध गर्न तथा विद्यालय भौतिकरूपमा सञ्चालन गर्नुपूर्व शिक्षक तथा विद्यालयका कर्मचारीलाई प्राथमिताका साथ कोभिड–१९ विरुद्धको खोप दिन आग्रह गरे ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी भने गत वर्षको बन्दाबन्दीका अवधिमा आफ्ना ५० प्रतिशत विद्यालयमा अनलाइन शिक्षाको पहुँच नभएकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर विद्यालय सञ्चालन गर्नुको विकल्प नभएको बताउँछन् । नेपाल अभिभावक सङ्घका अध्यक्ष यादव शर्माले अनलाइन कक्षावापत शुल्क लिइएकामा आपत्ति जनाए । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मुलुकका ६० प्रतिशत जनतामा इन्टरनेटको पहुँच छ ।

हाल मुलुकभर कूल ३५ हजार ६०१ विद्यालयमा गरी ७१ लाख विद्यार्थी छन् । एक तथ्याङ्कअनुसार मुलुकभर इन्टरनेटमा ७५ प्रतिशत, रेडियोमा ८५ प्रतिशत, टेलिभिजनको पहुँच ७२ प्रतिशत जनसङ्ख्यामा र मोबाइल प्रयोगकर्ता चार करोड मानिसमा रहेको पाइएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies