Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

जडान गरिएको ५ महिना हुँदासमेत अझै सञ्चालनमा आएन आइसीयू

दार्चुला । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो । प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शय्यासहित आइसीयूकक्ष स्थापना गरिएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसीयू स्थापना गरेको थियो । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले विसं २०७७ मङ्सिर २५ गते जिल्ला अस्पतालमा सो सेवाको शुभारम्भ गरेका थिए ।

कोभिडका सङ्क्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएको सो आइसीयूको लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मङ्सिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो । पाँच महिनाअघि नै जडान गरिएको आइसीयू दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्टले जानकारी दिए । अहिले आइसीयू चलाउन सक्ने जनशक्ति छैन ।

“आइसीयू सञ्चालन गर्न दक्ष चिकित्सक चाहिन्छन् । त्यो जनशक्ति अहिले अस्पतालसँग छैन । जनशक्ति पठाउन नसक्दा अहिले पनि आइसीयू प्रयोगमा ल्याउन सकिएको छैन”, उनले भने । गत मङ्सिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसीयू कक्षमा उपकरण जडान गरिएको थियो । विशेषज्ञ जनशक्तिको अभावमा आइसीयू कक्ष सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ ।

आइसीयू कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्दछ । “विशेषज्ञ चिकित्सक अभावमा हामीले आइसीयू सञ्चालनमा ल्याउन सकेका छैनौँ । अहिले अस्पतालमा रहेका चार चिकित्सक नै बिदामा छन् । अस्पतालमै सामान्य जाँचका लागि समेत चिकित्सक छैनन् ” उनले भने ।

आइसीयू कक्ष सञ्चालनमा आउन नसक्दा गम्भीर बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायमै छ । आइसीयूको उद्घाटनको क्रममा सरोकारवाला निकायले गम्भीर खालका बिरामीलाई जिल्लामै उपचार गराउन सकिने बताएका थिए । पाँच महिना हुँदा पनि आइसीयू सञ्चालन भए÷नभएकोबारे सरोकारवाला निकाय उदासिन रहेको स्थानीयवासीको आरोप छ । कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीलाई पनि आइसीयूमा राख्नुपर्ने हुन्छ । त्यस्ता बिरामीलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेको छ । जिल्लामा एक जनामा कोरोना देखिएपछि अस्पतालमै राखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । उनका अनुसार ती विरामीलाई १० दिनसम्म अस्पतालमा राख्नुपर्ने हुन्छ ।

भारतबाट अहिले दैनिक ८० देखि १०० जनाको हाराहारीमा नेपाल भित्रिरहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कअनुसार गत चैत १० गते यता जिल्लाका खलङ्गा, तिगरम, दत्तु, जोलजीवी र लाली नाका भएर तीन हजार ३२४ स्वदेश फर्किएका छन् । प्रहरी निरीक्षक पुष्कर ऐरका अनुसार तिगरम नाका भएर ३२० महिला र ३८५ पुरुष भित्रिएका छन् । सदरमुकाम खलङ्गा नाका भएर १७८ महिला र एक हजार १४० पुरुष नेपाल भित्रिएका छन् । यस्तै दत्तुनाका भएर १३२ महिला र ५५१ पुरुष नेपाल आएका छन् । मालिकार्जुनको जोलजीवी नाका भएर ११४ महिला र १०० पुरुष तथा लालीनाका भएर १९६ महिला र ३१५ पुरुष स्वदेश भित्रिएको प्रहरीको तथ्याङ्क छ । सदरमुकाम खलङ्गाका उनीहरुलाई जाँचको व्यवस्था गरिएको भए पनि अन्य नाकामा जाँचको व्यवस्थापन गरिएको छैन ।

जिल्ला अस्पतालका चार चिकित्सक नै जिल्ला बाहिर भएकाले गोकुलेश्वरबाट चिकित्सक ल्याएर उपचार गराइँदै आएको छ । जिल्ला अस्पताल दार्चुलामा चिकित्सक नहुँदा बिरामी जाँचमा समस्या भएको छ । चार कार्यरत रहेको जिल्ला अस्पतालका चारै चिकित्सक जिल्ला बाहिर गएका छन् । अस्पताल चिकित्सक अभाव हुँदा बिरामीको जाँचमा समस्या भएको छ ।

अस्पतालका नवौँ तहका मेडिकल सुपरिटेन्डेण्ट र आठौँ तहका मेडिकल अधिकृतको दरबन्दी वर्षौैँदेखि रिक्त छ । अस्पताल स्थापनादेखि अहिलेसम्म नवौँ तहको चिकित्सक जिल्ला अस्पताल नआएको अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डागाले बताए । अस्पतालमा हाल छात्रवृत्ति करारका चिकित्सक आर्दश लिम्बू, पूजा बम र नवीनकिशोर मल्ल कार्यरत छन् भने सुदूरपश्चिम प्रदेश सरकारको करारबाट देवेन्द्र नेगी कार्यरत छन् । अहिले चारै जना चिकित्सक बिदा तथा तालिममा गएपछि अस्पतालमा समस्या भएको हो । अस्पताल प्रशासनका अनुसार अस्पतालका प्रमुख डा आर्दश लिम्बू गत चैत १८ गतेबाट काठमाडौँ गोष्ठीमा सहभागी भएका छन् । यस्तै पूजा बम र नवीनकिशोर मल्ल शनिबारदेखि बिदा र प्रदेश गोष्ठीमा गएका छन् भने देवेन्द्र नेगी चैत २२ गतेबाट बिदामा गएका हुन् ।

अहिले अस्पतालमा बिरामी जाँच गर्न समस्या भएपछि गोकुलेश्वर अस्पतालबाट डा मियाज अन्सारी बोलाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी भट्टले बताए । “हामीले चिकित्सकको अभाव हुन दिएका छैनौँ ।” उनले भने । अहिले अस्प्तालमा दैनिक ८० बढी बिरामी आउने गरेका छन् । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका बिरामी बढी आउने गरेका छन् । एक मात्रै चिकित्सक हुँदा बिरामीले अस्पतालमा घण्टौँ कुर्नपर्ने बाध्यता छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies