Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

जनकपुर । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संस्कृति, सभ्यताको रक्षा र सामाजिक रूपान्तरणको अभियानलाई गतिशील बनाउनुपर्ने खाँचो औँल्याएका छन् ।

लोकपर्व जुडशीतलका अवसरमा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ मा सरस्वती क्रिक्रेट टीम र कनकपट्टी युवा क्लबद्वारा तेतरियामा आज आयोजित जुडशीतल उत्सव र क्रिकेट प्रतियागिताको शुभारम्भ गर्दे मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिकको सम्मान गर्दै विकृतिजन्य गतिविधिको अन्त्य गर्नेतर्फ सबैको अग्रसरता आवश्यक छ भने ।

अन्योल र अराजक स्थितिलाई परास्त गर्नु आजको आवश्यकता भएको चर्चा गर्दै उनले उत्साह, उमङ्ग, प्रगतिका बाधकहरूलाई निरूत्साहित गरी जीवनलाई सार्थक बनाउन क्रियाशील हुनु पर्ने धारणा राखे । नीति, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झाले नकारात्मक र असुर प्रवृतिलाई परास्त गर्दे प्राकृतिक सम्पदाको रक्षा गर्नु जरूरी छ भने ।

मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले सामाजिक, आर्थिक रूपान्तरण, प्रादेशिक अधिकारको कार्यान्वयनका बाधक तत्वलाई हटाउने कार्यमा ऐक्यबद्धता आवश्यक छ भने ।

प्रदेशसभा सदस्य रामआशीष यादवले माटो र पानीबिना मानवको परिकल्पना गर्न नसकिने भएकाले प्रकृतिसँग सम्बन्धित पर्वलाई जीवन्त राख्नु् अपरिहार्य भइसकेको धारणा राखे । सो अवसरमा मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिक डा सोनफी यादव, जयशंकर महतो, जगदेव यादव, रामविलास साह, असर्फी साह, विन्देश्वर यादव, गङ्गा मण्डल, मुस्लिम राइन, सोनफी साह, विष्णु यादव र योगेन्द्र साहलाई सम्मान गरेका थिए । वडाध्यक्ष परमेश्वर यादवको सभापतित्वमा भएको सो समारोहमा मुख्यमन्त्री राउतलगायत ज्येष्ठ नागरिकद्वारा सहभागीहरूलाई माटो टीका लगाई शीरमा जल अर्पण गरी आशीर्वाद दिएका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies