Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बालविवाहविरुद्ध सक्रिय हुँदै अभिभावक

डोटी । जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि लागिपरेका छन् ।

जिल्लामा रहेको छाउपडी प्रथा तथा बालविवाह अन्त्यका लागि अभिभावक सक्रिए हुन थालेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका स्थानीय अभिभावक बालविवाहका कारण छोरीहरु आधारभूत बालअधिकारको अवसरबाट समेत बञ्चित हुने अवस्था उत्पन्न भएपछि बालविवाहविरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् ।

वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारीमा जुटेपछि बालविवाहविरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै अभिभावक पनि सक्रिय भएका हुन् । विगतदेखि डोटीलगायत यहाँका अन्य जिल्लामा बालविवाह तथा छाउपडीप्रथा कायमै रहेका कारण कयौँको ज्यान गएकाले आफूहरु उक्त अभियानको अन्त्यका लागि सक्रिय भएको अभियानमा सहभागी अभिभावक भागादेवी लुहारले बताए । उनले भने, “जिल्लामा बालविवाह गर्ने क्रम बढेकाले हामीले त्यसको अन्त्यका लागि अभियान चलाएका छौँ, बालविवाह अन्त्य गरेरै छाड्छौँ ।” छोराछारीको २० वर्ष नपुगी विवाह गर्नेलाई कानूनी दायरामा ल्याउन सघाउने उनले जानकारी दिए ।

त्यस्तै कानूनी व्यवस्थाले बिहेबारीमा ढिलाइ हँुदा किशोरीले अभिभावकको मञ्जुरीबिनै आफूखुशी २० वर्ष नपुग्दै भागीविवाह गर्ने समस्या बढ्दै गएको अर्का स्थानीयवासी गोपी साउदले बताए । उनले भने, “अहिले विभिन्न संस्थाले काम गरेर हामीलाई थाहा भयो । हामी आफ्ना छोराछोरीलाई कम्तीमा पनि २० वर्षभन्दा पहिले विवाह गर्न दिँदैनौँ, अरुलाई पनि हुन दिँदैनौँ ।” जिल्लाका विभिन्न समुदाय तथा जातजातिमा छोरीको १७÷१८ वर्षकै उमेरमा विवाह गरिदिने चलन कायम रहेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख छ ।

बालविवाह लुकीछिपी प्रशस्तै हुने गरेको भए पनि गएको दुई आवमा जम्मा चारवटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “बालविवाह तथा छाउपडी प्रथा जताततै कायम छ भन्ने सुनिन्छ, तर मुद्दा कसैले हालेका छैनन्, गएको दुई वर्षमा जम्मा दुईवटा मात्रै मुद्दा परेका छन्, मुद्दा नै नपरे प्रहरीले कसरी थाहा पाउने ।” यहाँका महिला आधारभूत तह शिक्षाको अवसर पनि नपाएका र सानैमा विवाह गरी आमा बनेका छन् ।

पछिल्लो समय जिल्लामा बालविवाहलाई कम गर्न अभिभावक शिक्षा दिन थालिएको सामुदायिक विकास मञ्चका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले जानकारी दिए । उनका अनुसार जिल्लाका अधिकांश वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियानलाई गैरसरकारी संस्थाले पनि सहयोग गरिरहेका छन् ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–८ लडागडाका विभिन्न टोलमा अभिभावकलाई बालविवाहविरुद्ध टोल शिक्षा दिएको उक्त संंस्थाका शिक्षा अधिकृत यज्ञराज बडूले बताए । उनले भने, “बालविवाह अन्त्यका लागि हामीले अभिभावकलाई टोल शिक्षा तथा बालविवाह गर्दा हुने असर बारेमा जानकारी दिन थालेका छौँ, हामीले दिएको शिक्षाले केही हदसम्म भए पनि बालविवाह हट्न सहयोग गर्नेछ ।” उक्त वडा सबैभन्दा बढी बालविवाह भएको वडाका रूपमा परेको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटाकेटीको उमेर कम्तीमा पनि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको भए पनि जिल्लामा त्यसको खासै कार्यान्वयन नभएका कारण यहाँ बालविवाह घट्नुको साटो बढ्दै गएको कानून व्यवसायी शङ्करदीप मडैले बताए । उनका अनुसार २० वर्ष नपुगी विवाह गरेको पाइएमा वा मुद्दा दर्ता भएको खण्डमा उक्त विवाह स्वतः बदर हुने र विवाह गर्ने÷गराउनेलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको भए पनि मुद्दा दर्ता नहुँदा बालविवाहले प्रश्रय पाएको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies