Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरीसम्म पुग्नका लागि साँघुरो तथा घुमाउरो सानो सडक सुधार गर्ने क्रममा चरिकोटबाट तामोकोशी खण्डका २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।

चरिकोटबाट १७ किलोमिटर तामाकोशी बजार र त्यसपछि नाम्दु बजारसम्म पाँच किलोमिटर गरी २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । कम्पनीका अनुसार चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक चौडा पारी कालोपत्र गर्ने काम ६६ प्रतिशत भइसकेको जनाएको छ । अबको केही महिनामा नै बाँकी कालोपत्रको काम सकिने गरी तीव्ररूपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।

लामाका अनुसार केही महिनाभित्रै चरिकोटबाट जिरीसम्म सडक मर्मत सुधार भई भिमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा आन्तरिक, बाह्य पर्यटक तथा आगन्तुकलाई सहजरूपमा आवतजावत गर्न सकिने बताए । चरिकोटबाट जिरीसम्म ५५ किलोमिटर सडक मर्मत सुधार गरी कालोपत्र गर्नेसम्मको काम २०७८ भदौसम्म सम्पन्न गर्ने गरी भारतको उडहिल इन्फास्ट्रक्चर लिमिटेड कम्पनी र नेपालका लामा कन्ट्रक्शन कम्पनी लिमिटेडले संयुक्तरुपमा ठेक्का पाएको थियो ।

हाल सडक खन्ने, चौडा बनाउन, ग्याबीन पर्खाल र नाला बनाउने काम तीव्ररूपमा अगाडि बढ्दै गइरहेकाले ६६ प्रतिशत काम सकिएको लामा कन्ट्रक्शन कम्पनीका प्रबन्धक रवीन्द्र श्रेष्ठले बताए । गाह्रो र अप्ठ्यारो स्थानमा गर्नुपर्ने ग्याबिन जाली, सडक चौडा गर्ने काम, कल्भर्ट निर्माण तथा ग्राबेल गर्ने काम धमाधम भइरहेकाले निर्धारित समयमै काम सकिने उनको भनाइ छ । “यसै रफ्तारमा काम भएमा समयमा नै काम सक्नेमा कुनै शङ्का छैन, हामी ढुक्क छौँ”, श्रेष्ठले भने ।

कुनै स्थानमा भिर काट्नुपर्ने र सानो सडकलाई चौडा गर्नुपर्ने निकै कठिन तथा भिरमा जाली राख्नुपर्ने जस्ता काम सकिएको र अब सजिलो काम मात्रै बाँकी रहेकाले आगामी वर्ष यो काम सम्पन्न गर्न सकिने कम्पनीले जनाएको छ । मुडेबाट चरिकोट र चरिकोट बजारसम्मका २६ किलोमिटर सडक कालोपत्र भइसकेको पछि चरिकोट–तामाकोशी हुँदै जिरीसम्मको सडक मर्मत सुधार भई आवतजावतमा सहज भएमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय वृद्धि भई कालिञ्चोक भगवती मन्दिर, भिमेश्वर मन्दिर, जिरी बजार, च्छ्योरोल्पा हिमतालजस्ता धार्मिक तथा सांस्कृतिक महत्वको स्थानमा पुग्न सहज हुनेछ ।

लामोसाँघु–जिरी सडक स्वीस सरकारले विसं २०३१ देखि खाडीचौरबाट खन्न शुरु गरेको थियो भने विसं २०३४ मा एकतर्फी मोटर सञ्चालन हुने गरी कालोपत्र भएको स्थानीवासी बताउँछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies