Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

जसपा अझै अलमलमा, बन्ला त कांग्रेसको नेतृत्वमा सरकार ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन नसकिरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय पदाधीकारी बैठक आइतबार बोलाएको छ । ओली सरकारको विकल्प दिन जोखना हेरिरहेको आरोप खेपिरहेको कांग्रेसले सत्ता समिकरण नेतृत्वदायी भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट सभापति देउवालाई चर्को दवाव आइरहेको छ । पार्टीभित्र र बाहिर चर्को दावावबीच गत साता आफ्नै नेृत्वमा सरकार गठन गर्ने र सरकार विरुद्ध अविश्वस प्रस्ताव ल्याउने निर्णय गरेको थियो । सत्ता समिकरणको विषयमा छलफल गर्न शुक्रबार देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका शीर्ष नेतृत्वलाई बोलाएको थियो । तीन दलको बैठकमा देउवाले आफ्नै नेतृत्वमा सरकार गनठन गर्ने औपचारीक प्रस्ताव राखेपछि माओवादीले निसर्त समर्थन गरेको थियो भने जसपाले औपचारिक निर्णयको लागि समय माग गरेपछि विनानिष्कर्ष बैठक टुंगिएको थियो ।
आइतबारको बैठकमा सरकार गठन प्रकृया र सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तयबारे छलफल हुने कार्यलय मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताएका छन् ।

जसपा अझै अलमलमा

सत्ता समिकरणको किङमेकर मानिएको जनता समाजवादी पार्टी अझै अलमलमा देखिन्छ । सरकार गठनको लागि आफ्ना सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतको विषयलाई सर्त अघि सारे पनि पार्टीको आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा जसपाल दुई धारम विभाजित भएको छ । साविक राजपा र संघीय समाजवादी पार्टीबीच हतारमा पार्टी एकता भएपनि दुई पार्टीका नेताहरुलाई व्यवस्थापन गर्न सकेको छैन । त्यसकै असर अहिले सरकार गठन प्रकृयामा देखिएको राजनीतिक विष्लेशक बताउँछन् । सत्ता समिकरणको विषयमा अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीसंग नजिकिएका छन् भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव कांग्रेस–माओवादी गठबन्धनमा नजिकिएका छन् । कसलाई समर्थन गर्ने भन्नेमा जसपाले अझै पनि औपचारिक निर्णय लिन सकेको छैन ।

शुक्रबार देउवा निवास बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा जसपाले सरकार गठनमा कांग्रेसको धारणा मागेको बुझिएको छ । सरकार निर्माणमा कांग्रेस अघि नसरे जसपाको नेतृत्वलाई सहयोग गर्न प्रस्ताव ल्याउने तयारी भइरहेको बुझिएको छ ।


जुनसुकै मुल्य चुकाएर भएपनि ओली सरकार विस्तापित गर्ने सुरमा माओवादी केन्द्र


२०७४ सालको निर्वाचनमा एमालेसंग चुनावी तालमोल गर्ने र चुनावपछि एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने वाचा सहित निर्वाचनमा होमिएको माओवादी केन्द्र जसरी भए पनि ओली सरकार विदागइ गर्ने मुडमा देखिन्छ । पार्टी र सरकारमा आधा–आधा कार्यकाल चलाउने सहमति गरी सत्ता समिकरण र पार्टी एकता गरेको प्रचण्डले पछिल्लो समय प्रधानमन्त्री ओलीले भूमिका विहिन बनाए पछि ओलीसंग चिडिएका छन् । प्रधानमन्त्री ओलीले पुस ५ गते संसदनै विघटन गरेपछि तत्कालिन नेकपाकै माधव समुहलाई लिएर देशभर ओली विरुद्ध आक्रामकरुपमा आन्दोलनमा होमिएको प्रचण्ड फागुन २३ गते सर्वोच्च आदालतले नेकपा खारेज गरेपछि माओवादी राष्ट्रिय राजनीतिमा थप कमजोर भएको छ । अन्तिम समयमा युद्धकालिन बरिष्ठ नेता बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतले साथ छाडेपछि आक्रोसित भएका अध्यक्ष प्रचण्ड जुनसुकै मुल्य चुकाएर भएपनि ओलीलाई वस्तापित गर्ने योजनामा छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि केही उत्साहित देखिएका प्रचण्ड निसर्तरुपमा नेपाली कांग्रेसलाई समर्थन गर्न तयार भएका छन् ।


यस्तो छ संसदमा सरकार गठनको अंकगणित ?


संसदमा निर्णाय भूमिकामा देखिएको जसपा ओलीलाई निरन्तर दिने वा विपक्षमा सरकार बनाउने भन्नेमा निर्णाय भूमिकामा जनता समाजवादी पार्टी रहेको छ । संसदमा चौंथ स्थानमा रहेको जसपाले ओली सरकारलाई समर्थन गरे पाँचै वर्ष वर्तमान सरकारले निरन्तरता पाउने छ भने कांग्रेस–माओवादी गठबन्धनलाई सहयोग गरे ओली सरकार विस्तापित हुने छ । संसदमा अहिले नेकपा एमालेको एक सय २१, नेपाली कांग्रेसको दुई निलम्बित सहति ६३ , माओवादी केन्द्रको सभामुख बाहेक ४८ र जसपाको दुई निलम्ति सहित ३४ सांसद रहेको छ । सरकार गठनकमा बहुमत पुर्याउनको लागि संसदमा एक सय ३८ आवश्य पर्छ । ओली सरकारको निरन्तरताको लागि १७ सांसद आवश्य पर्छ । कांग्रेस–माआवादी गठबन्धनको सरकारको लागि जसपाको सबै संख्या आवश्यक पर्छ । त्यसैले संसदमा सरकार बनाउन निर्णायक भूमिकामा रहेको जसपाले पार्टीभित्र कस्तो निर्णय गर्न त्यसले सरकारको भविष्य निर्धारण गर्नेछ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies