Khabar Dabali Logo
  April 19, Mon

आगलागीका घटना वृद्धिमा ९९ प्रतिशत मानवीय कारण : डिभिजन वन कार्यलय कञ्चनपुर

कञ्चनपुर । कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रमसमेत बढेको छ ।

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार ९९ प्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घटनामात्रै प्राकृतिक कारणले हुने गरेको छ । चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आगलागीका घटना हुने गरेका छन् ।

‘गत वर्ष १५० हेक्टर वन क्षेत्रमा मात्रै आगलागी भएको थियो’, डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अवस्थीले भन्नुभयो, ‘यस वर्षको अहिलेसम्म २०० हेक्टर वन क्षेत्रमा आगलागी भइसकेको छ । गर्मी मौसम अझै बाँकी रहेकाले हावाहुरी चल्ने क्रमसँगै आगलागीका घटनामा वृद्धि हुनसक्ने देखिएको छ ।’ पानी नपरेका कारण पनि आगलागीका घटनामा वृद्धि हुँदै जान थालेको उनले बताए । सामुदायिक वनका पदाधिकारी, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली वन क्षेत्रमा लागेको आगो निभाउने कार्यमा सक्रियरूपमा लागेका छन् ।

हालसम्म ३० भन्दा बढी सामुदायिक वन, लालझाडी संरक्षित वन, राष्ट्रिय वन क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आगलागीका कारण व्यापक क्षति भएको छ । आगलागीबाट बुट्यान, पुनः उत्पादन भएका बिरुवा, ढलापडा काठ, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानमा क्षति पुगेको छ । रातदिन नभनी वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा लागेको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए ।

वन क्षेत्रमा लागेको आगोले गर्दा आयात गर्नेभन्दा बढी काठ जलेर नष्ट हुँदै आएको छ । वन क्षेत्रमा ढलापडा काठ नै सङ्कलन गरिने हो भने बाह्य क्षेत्रबाट काठ ल्याउनै पर्दैन । यसका लागि राज्यले नीति बनाउनुपर्छ । चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने चुनौतीको सामना गर्नुपरेको छ । भौगोलिक विकटता र आवश्यक सामग्री अभावमा चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न निकै समस्या भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अवस्थीको भनाइ छ ।

आगलागीका कारण वन्यजन्तु बस्तीमा छिर्दा मानव र जीवजन्तुबीचको द्वन्द्वसमेत बढेको छ । आगलागीका कारण वायु प्रदूषणको समस्यासमेत निम्तिएको छ । वायु प्रदूषणका कारण मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।

चैत २७ गते, २०७७ - ११:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । दिउँसो १ बजे बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो...   

कालीगण्डकी करिडोर : काम छाडेर व्यवसायी सम्पर्कविहीन

पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड...   

कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । चैते शुक्ल...   

राष्ट्रपतिबाट चालु अधिवेशन अन्त्य भएको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को...   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न...   

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय...   

राप्रपा बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक...   

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले...   

मुख्यमन्त्री डोरमणि पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षीको...   
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज प्रधानमन्त्री निवास...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top