
‘कोरोनाको समयमा प्रहरी अस्पतालले गरेको काम सराहनीय’

-
-
चैत २६ गते, २०७७ - १६:३८

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को समयमा नेपाल प्रहरी अस्पतालले गरेको काम सराहनीय रहेको बताएका छन् । नेपाल प्रहरी अस्पतालको ३७ औँ वार्षिकोत्सवका अवसरमा आज महाराजगञ्जमा आयोजित कार्यक्रममा उनले कोभिड–१९ बाट सङ्क्रमण भएका प्रहरी कर्मचारीलाई सामान्य जीवनमा फर्काउनका निम्ति अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताएका हुन् ।
महानिरीक्षक थापाले प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्वयन निरन्तर र दीर्घकालीन हुनुपर्ने उल्लेख गर्दै अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रममा महानिरीक्षक थापाले अस्पतालको बिलिङ तथा रिपोर्टको अनलाइन सेवा शुभारम्भ गर्नुका साथै अस्पताल दर्पण–२०७७ र नेपाल मेडिकल जर्नल विमोचन गेका थिए । उनले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको रु दुई करोड अस्पतालका मेडिकल निर्देशक प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरेका थिए ।
अस्पतालका मेडिकल निर्देशक डा सिंहले प्रहरी अस्पताललाई समयनाकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताए । सो अवसरमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, रमेशचन्द ठकुरी, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
इच्छाकामनाको चनौटेदेखि ढुङ्ग्रेसम्म साढे २०० घरधुरीमा विद्युतीकरण
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण...योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी
पोखरा । कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन...गलकोटस्थित विद्यालयलाई जुट्यो ५० लाख सहयोग
बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग (कोषवृद्धि)’...पूर्व स्वास्थ्य मन्त्री सुवालको निधन
काठमाडौँ । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा...मानव बेचबिखन आरोपमा ४० वर्षीय कुमार पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको...स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र...गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई तीन हजार दिने व्यवस्था
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको...माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : सभापति देउवा
गोदावरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई...कोरोना कहर : भारतबाट फर्किनेको लर्को, जाने घटे
राँझा । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को...बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सम्बन्धित पक्षलाई आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको...

प्रतिकृया लेख्नुहोस्:
- स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना
- गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई तीन हजार दिने व्यवस्था
- माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : सभापति देउवा
- कोरोना कहर : भारतबाट फर्किनेको लर्को, जाने घटे
- बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सम्बन्धित पक्षलाई आयोगको आग्रह