Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३७औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३७औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

\"\"

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको Billing तथा Report को अनलाईन सुविधा लिन सकिने Patient Portal को उद्‍घाटन गरे । साथै उनले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गरे । अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७७’ र Nepal Medical Journal को समेत उनले लोकार्पण गरे ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्नुहुने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरे । साथै भिजिटिङ कन्सल्टेन्टहरु प्रा.डा. रोहित कुमार पोखरेल र डा. रबिन बहादुर बस्नेत तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत प्याथोलोजी विभागलाई शिल्ड तथा प्रशंसापत्र समेत उनले प्रदान गरे । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गरे । साथै कोभिड–१९ बाट संक्रमण भएका प्रहरी कर्मचारीहरुलाई सामान्य जिवनमा फर्काउनका निम्ति नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउँदै आगामी दिनमा समेत थप सतकर्ता र लगनशील भएर काम गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको स्वभाव भनेकै नागरिक प्रहरी भएको बताउँदै उनले भने, ‘नागरिक प्रहरीको मर्म भनेकै नागरिकको बिचमा गएर गर्ने सेवा हो ।’ साथै नेपाल प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्यवयनमा सदैव निरन्तर र दिर्घकालीन हुनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको समेत उनले बताए । समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु अच्युत कृष्ण खरेल, रमेश चन्द ठकुरी, कुवेर सिंह राना, उपेन्द्र कान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गरे ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले अस्पतालमा रहेका बेडहरुको लागि ३० थान कम्बल अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे । साथै संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेका थिए । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले १ थान पीओएस मेसिन र ४ थान क्यूआर मेसिन अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई हस्तान्तरण गरे । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै अस्पताललाई समयनाकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम् प्रविधि र पद्दतिलाई अंगिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताए । हाल सर्वसाधरण नागरिकलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गर्ने कार्य भइरहेकोले यस अस्पताललाई रिफरल सेन्टरको रुपमा विकसित गर्दै लाने कार्यमा यस अस्पताल सदा प्रयत्नरत रहेको तथा गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल प्रहरी अस्पताल सदैव कटिवद्ध रहेको समेत उनले उल्लेख गरे ।

नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा।रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त समारोहमा प्रहरी नायव उपरीक्षक प्रेम सागर केसीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies