
नेकपा एमालेको माग : संसदीय समितिमा एमालेकै हैसियतमा प्रतिनिधित्व गराइयोस

-
-
चैत २६ गते, २०७७ - १४:२१


काठमाडौं । नेकपा एमालेले संसदीय समितिहरुमा दलीय आधारमा सांसदहरुको प्रतिनिधित्व हेरफेर गर्न माग गरेको छ ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसदीय समितिमा पनि यी दलको अलग अलग प्रतिनिधित्व गराउन माग गरेको हो ।
बिहीबार प्रतिनिधिसभाको बैठकको सुरुमा समय लिएर बोल्दै एमाले सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा एमाले र माओवादी केन्द्रको अलग अलग प्रतिनिधित्व भए पनि संसदीय समितिमा अहिले पनि एमाले सांसदहरु नेकपाकै प्रतिनिधित्व गर्न बाध्य भएको बताए ।
यस्तो परिस्थिति निर्माण हुँदा संसदको क्रियाशीलतामा नै प्रभाव पार्ने भन्दै अधिकारीले यस्तो संविधान र कानुन विपरीत काम अन्त्य गर्न माग गरे । ‘हामी संविधान विपरीत रुपले समितिहरुमा नेकपा हुन सक्दैनौं । असंवैधानिक काम गर्न पनि हुँदैन, यस्तो काम गर्न उक्साउन पनि हुँदैन’ उनले भने ।
आफ्ना सांसदहरुले संसदीय समितिमा नेकपा एमाले भएरै प्रतिनिधित्व गर्न चाहेको भन्दै उनले सत्ता पक्षलाई बाध्य पारेर नेकपा हुनैपर्छ भन्न नमिल्ने बताए ।
संसदीय समितिमा आफ्नो संसदीय दलका प्रमुख सचेतकले दिएको नामावली अनुसार आफ्ना सांसदहरुको प्रतिनिधित्व गराउन पनि उनले माग गरे ।
जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले दलगत आधारमा विषयगत समितिमा सांसदहरुको हेरफेरबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको बताए । उनले कार्यव्यवस्था परामर्श समितिबाट नाम प्राप्त भएपछि नाम हेरफेर हुने जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को माधव नेपाल समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले...१७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु
काठमाडौं । काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा...संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक,...जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने
काठमाडौं । उपत्यकामा कोरोना भाइरको बढ्दो सुरक्षा जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन...कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट
काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान...सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो
काठमाडौं । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेर नेकपा माओवादी केन्द्रको स्थायी कमिटी...माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी
काठमाडौं । अनुशासन उल्लघंन गरेको आरोपमा पार्टीले आफुसहित ३२ जना सांसदलाई पार्टीले स्पष्टिकरण पत्र...अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन
काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७...पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !
काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भइ भर्खर नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह...एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)
काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय...

प्रतिकृया लेख्नुहोस्:
- माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने
- १७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु
- संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र
- ओलीले स्पष्टीकरण सोधेका ३२ सांसद कोको हुन् ? हेर्नुहोस् नामावली
- जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने
- माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी, सरकारको समर्थनबारे भोलीको निर्णय के हुन्छ ?
- कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट
- सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो
- माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी
- अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन
- पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !
- एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
- संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री ओलीले अधिनायकवादी शैली अपनाए : राष्ट्रिय जनमोर्चा
- संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !