Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

पत्रकार महासंघको चुनावी परिणाम : प्रारम्भिक नतिजा अनुसार लोकतान्त्रिक–व्यवसायिक गठबन्धनका उम्मेद्वार पोखरेलको प्यानल अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार देशैभर सम्पन्न मतदानको मतगणना जारी रहेको छ । हालसम्म प्राप्त प्रारम्भिक चुनावी नतिजाअनुसार लोकतान्त्रिक–व्यवसायिक गठबन्धन अगाडि देखिएको छ भने सत्ता निकट पत्रकारको गठबन्धन पछि परेको छ । प्रारम्भिक नतिजाअनुसार केन्द्रमा विपुल पोखरेल प्यानलको अग्रता देखिएको छ भने निर्मला शर्मा प्यानल पछिपछि रहेको छ ।

यस्तै, महासंघ रुपन्देही शाखामा प्रगतिशिल लोकतान्त्रिक प्यानलका साझा उम्मेदवार रामराजा पोख्रेलको समुह विजयी भएको छ । पोख्रेल नेतृत्वको समुहले प्रेस चौतारी समुहका दिनेश पाण्डेको समूहलाई पराजित गरेको हो । पोखरेलले १६३ मत ल्याएर निर्वाचित बनेका छन् भने उनका प्रतिद्वन्दी पाण्डेले १२० मत प्राप्त गरेका छन् ।
अधिकांश स्थानमा सत्ता निकट गठबन्धन र माओवादी–काँग्रेस निकट लोकतान्त्रिक–व्यवसायिक गठबन्धनको प्यानल चुनावी मैदानमा थिए ।
यस्तै, पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्वार विजय भएका छन् । बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झा र कास्कीमा विमला भण्डारीको नेतृत्व चयन भएका हुन् ।
प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह–सचिवमा निरन्जन साह, सह–सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।
यस्तै कास्कीकी विमला भण्डारीले १७४ मत ल्‍याउँदै प्रतिद्वन्द्वी केवशशरण लामिछानेलाई हराएकी हुन्। महिलाले मात्रै सञ्चालन गरिरहेको रेडियो जननी कास्कीकी संस्थापक स्टेसन मेनेजर हुन् भण्डारी । उनी न्यूनतम पारिश्रामिक निर्धारण समितिकी सदस्य समेत हुन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies