
प्रधानमन्त्री ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरे : अध्यक्ष प्रचण्ड

-
-
चैत २५ गते, २०७७ - १८:१४

काठमाडौं । तीन दिने जिल्ला दौडाहामा निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन्।
बुधबार सल्यान पुगेका प्रचण्डले एक कार्यक्रममा ओलीले संसद् विघटन गरेर विदेशी शक्ति समक्ष आत्मसमर्पण गरेको आरोप लगाएका हुन्।
‘ओलीले संविधान च्यात्ने र कम्युनिस्ट पार्टी विघटन गर्ने कार्यमा उद्धत छन्‘, उनले भने, ‘केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र समृद्धिको सपना भाँचकुच पारेर विदेशी शक्तिसामु आत्मसमर्पण गरे ।’
त्यस्तै, नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलाप्रति उनले असन्तुष्टि जनाए।
मधेशका जनतालाई पनि लोकतान्त्रिक निर्वाचन ल्याएको र आफैंले देशमा सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याएको पनि जिकिर गरे। यसरी आफूले देशमा राजनीतिक अस्थिरता नहुने सपना देखेको पनि बताए।
देश समृद्धिको बाटोमा लैजाने आफ्नै सोच रहेको उनले जिकिर गरे। उनले आफ्नै प्रस्तावमा देशमा कम्युनिष्ट पार्टीको एकताको प्रस्ताव ल्याएको दाबी दोहोर्याएका थिए। देशलाई विकासको बाटो लैजाने सपना पनि आफैंले देखेको उनले बताए। किसानको पक्षमा परिवर्तन ल्याउने पनि आफूले नै सपना देखेको उनले बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सर्वोच्चको न्यायधीश बन्न सुवेदी योग्य रहेको सर्वोच्च अदालतको फैसला
काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश...एमाले प्रवेश गरेका माओवादीका चार प्रदेश सभा सदस्यको पद खारेज
जनकपुरधाम । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा...विभूषणमा नेपालको नयाँ नक्सा नहुनु गम्भिर त्रुटि, संसदलाई जवाफ जाहियो : पुष्पा भुसाल
काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले संशोधित नक्सा नराखिएकामा प्रमुख प्रतिपक्षी...५ सय ५९ कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ७८...कर्णाली प्रदेश सभाको सातौं अधिवेशन बैशाख ३ गते आव्हान गर्न प्रदेश मन्त्रिपरिषदको सिफारीस
काठमाडौं । कर्णाली प्रदेश सभाको सातौं अधिवेशन २०७८ वैशाख ३ गते आह्वान गर्न कर्णाली प्रदेशको मन्त्रिपरिषदले...माधव नेपाललाई प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी ध्वस्त पार्न खोजे ठीक पार्छु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन...संसदीय समितिमा जिम्मेवारी हेरफेर : महत्वपूर्ण समितिमा माधव पक्षका सांसद ‘आउट’ ओली पक्ष ‘इन’(नामावली सहित)
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा...कैलालीको त्रिनगर नाकाबाट भित्रिएका १३ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली । कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ । संक्रमित...संसदको सुरक्षाको लागि सरकारलाई समर्थन कायमै : सांसद बस्नेत
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा गर्न वर्तमान सरकारलाई...राजनीतिक निकासको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदिप गिरी
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।...

प्रतिकृया लेख्नुहोस्:
- सर्वोच्चको न्यायधीश बन्न सुवेदी योग्य रहेको सर्वोच्च अदालतको फैसला
- कर्णाली प्रदेश सभाको सातौं अधिवेशन बैशाख ३ गते आव्हान गर्न प्रदेश मन्त्रिपरिषदको सिफारीस
- माधव नेपाललाई प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी ध्वस्त पार्न खोजे ठीक पार्छु
- संसदको सुरक्षाको लागि सरकारलाई समर्थन कायमै : सांसद बस्नेत
- राजनीतिक निकासको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदिप गिरी
- एमसीसीलाई तत्काल संसदको बहसको विषय बनाइयोस : खगराज अधिकारी
- मुलुक गम्भिर मोडमा पुगेको छ, कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन : शेखर कोइराला
- नेपालको राजनीतिक अवस्थाबाट चिन्तित नहुन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
- बुटवलमा सोमबार एकै दिन तीन जना कोरोना संक्रमितको मुत्यु
- विद्यालय बन्द गर्ने नगर्ने निर्णय लिने जिम्मा स्थानीय तहलाई दिन सरोकारवालाको सूझाव
- प्रदेश २ का माओवादी केन्द्रका चार सांसद बर्खास्त
- सत्ता समिकरणबारे जसपा आन्तरिक छलफलमा जुट्यो, आउला त निकास ?
- कांग्रेसको पदाधिकारी बैठक, सभापति देउवा र बरिष्ठ नेता नै अनुपस्थित !
- संसदीय व्यवस्था अलोकतान्त्रिक भयो, जनमत संग्रहबाट खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला
- नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर, हेलिकप्टरबाट आगो निभाउने प्रयास जारी