Khabar Dabali Logo
  April 20, Tue

बिस्का: जात्रा नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा नगर्न दिएको निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो।

सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो।

यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो। बिस्काः जात्रा चैत २८ बाट हुँदैछ।

नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो।

भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्काः जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी लगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै भने, ‘यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्नेछौं।’

छिमेकी देश भारतमा कोरोनाको नयाँ प्रजातिले महामारीको रूप लिएको र केही स्थानमा कर्फ्यू समेत लगाइसकेको अवस्थामा नेपाल(भारतबीचको खुला सीमाका कारण संक्रमण जोखिम रहेकाले सबै सचेत रहनुपर्ने छलफलमा सहभागीले बताएका थिए ।

जसकारण कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय भएको छ।

चैत २५ गते, २०७७ - १८:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को माधव नेपाल समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले...   

१७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं । काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा...   

संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक,...   

जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने

काठमाडौं । उपत्यकामा कोरोना भाइरको बढ्दो सुरक्षा जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन...   

कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान...   

सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो

काठमाडौं । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेर नेकपा माओवादी केन्द्रको स्थायी कमिटी...   

माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी

काठमाडौं । अनुशासन उल्लघंन गरेको आरोपमा पार्टीले आफुसहित ३२ जना सांसदलाई पार्टीले स्पष्टिकरण पत्र...   

अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७...   

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !

काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भइ भर्खर नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह...   

एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top