
कर्मचारीमा क्षमता अनुसार सोंच परिवर्तन भएन : उपप्रधानमन्त्री पोखरेल

-
-
चैत २५ गते, २०७७ - १४:०२

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामति प्रशासन समय सापेक्ष ढंगले परिवर्तन हुन नसक्दा जनताको विश्वास जित्न नसकेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याको रुपमा रहेको बताए ।
‘अहिले निजामति प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन,’ उनले भने, ‘यसलाई समयको गतिसंग प्रशासन परिवर्तन हुन नसकेको रुपमा बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।’
ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।
शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामति प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्न मलाई विश्वसको मत दिनोस : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका...सर्वोच्च अदालतका प्रस्तावित न्यायधीशलाई सांसदहरुको प्रश्नः अदालतमा बेन्च सेटिङ हुन्छ कि हुदैन ?
काठमाडौं । सांसदहरुले अदालतमा इजलास तोक्ने क्रममा सेटिङ हुने गरेको भन्दै प्रस्तावित न्यायाधीशसँग...हाम्रो आन्तरिक मामिलामा चासो देखाएर सम्बन्ध नबिगार्नोस : यमलाल कंडेल
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कंडेलले आफ्नो दलको समस्यामा चासो नदेखाउन...प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, कोरोना महामारीबारे छलफल हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । उनले कोरोना भाइरसको...शिक्षा मन्त्रालयको आग्रहः स्वास्थ्य मामदण्डमा ध्यान दिइ सिफ्टमा विद्यालय सञ्चालन गर्नु
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो संक्रमणका कारण विद्यालयका बालबालिका जोखिमा...चट्याङले लियो तीन जनाको ज्यान, चार घाइते
काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु भएको छ...शनिबार शुरु हुने त्रिकोणात्मक क्रिकेट खोल पारस खड्काले नखेल्ने
काठमाडौं । शनिबार शुरु हुने त्रिकोणात्मक सिरिज खेल नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्कालेनखेल्ने...मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने एमाले कर्णाली संसदीय दलको निर्णय
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई...डढेलोले २५ हेक्टर जङ्गल नोक्सान
रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा...प्रधानमन्त्री ओली राष्ट्रहित विपरित गतिविधिमा लागेका छन् : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री...
