Khabar Dabali Logo
  April 16, Fri

गण्डकी प्रदेश सरकारबाट माओवादीतर्फका मन्त्री बाहिरीने निर्णय, मुख्यमन्त्री गुरुङ कति सुरक्षित ?

पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिने निर्णयसंगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संकटमा पर्ने देखिन्छन् । माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि माओवादी केन्द्रका दुई मन्त्रीले राजिनामा दिन लागेका हुन् ।

दलको बैठकले तत्काल गण्डकी प्रदेश सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउन समीकरणका लागि प्रयास गर्ने निर्णय गरेको थियो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा रहेका छन् ।

गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । नयाँ सरकार बनाउनका लागि ३१ साँसदको समर्थन आवश्यक पर्छ ।
माओवादी केन्द्रले मुख्यमन्त्रीलाई गुरुङलाई दिएको समर्थन फिर्ता लिए उनले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता रहेको छ ।
प्रदेश सभामा हाल एमालेका २७, माओवादीका सभामुखसहित १३ सांसद, नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।

मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई रहेकोले गरुङको पक्षमा २८ सांसद रहेका छन् । सरकार बचाउनका लागि एमालेलाई थप ३ सांसदको आवश्यकता पर्छ । माओवादीले समर्थन फिर्ता लिएको खण्डमा गुरुङले सरकार टिकाउनको लागि राष्ट्रिय जनमोर्चाको साथ आवश्यक रहेको छ ।

यदि जनमोर्चाले पनि समर्थन फिर्ता लिएको अवस्थामा काँग्रेसको समर्थन आवश्यक पर्दछ । प्रदेशमा एमाले बाहेकको नयाँ सरकार गठन गर्नका लागि सवै राजनैतिक दल एक ठाउँमा उभिनु पर्ने अवस्था छ ।

चैत २५ गते, २०७७ - १३:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्न मलाई विश्वसको मत दिनोस : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका...   
सर्वोच्च अदालतका प्रस्तावित न्यायधीशलाई सांसदहरुको प्रश्नः अदालतमा बेन्च सेटिङ हुन्छ कि हुदैन ?

सर्वोच्च अदालतका प्रस्तावित न्यायधीशलाई सांसदहरुको प्रश्नः अदालतमा बेन्च सेटिङ हुन्छ कि हुदैन ?

काठमाडौं । सांसदहरुले अदालतमा इजलास तोक्ने क्रममा सेटिङ हुने गरेको भन्दै प्रस्तावित न्यायाधीशसँग...   
हाम्रो आन्तरिक मामिलामा चासो देखाएर सम्बन्ध नबिगार्नोस : यमलाल कंडेल

हाम्रो आन्तरिक मामिलामा चासो देखाएर सम्बन्ध नबिगार्नोस : यमलाल कंडेल

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कंडेलले आफ्नो दलको समस्यामा चासो नदेखाउन...   

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, कोरोना महामारीबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । उनले कोरोना भाइरसको...   
शिक्षा मन्त्रालयको आग्रहः स्वास्थ्य मामदण्डमा ध्यान दिइ सिफ्टमा विद्यालय सञ्चालन गर्नु

शिक्षा मन्त्रालयको आग्रहः स्वास्थ्य मामदण्डमा ध्यान दिइ सिफ्टमा विद्यालय सञ्चालन गर्नु

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो संक्रमणका कारण विद्यालयका बालबालिका जोखिमा...   

चट्याङले लियो तीन जनाको ज्यान, चार घाइते

काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु भएको छ...   

शनिबार शुरु हुने त्रिकोणात्मक क्रिकेट खोल पारस खड्काले नखेल्ने

काठमाडौं । शनिबार शुरु हुने त्रिकोणात्मक सिरिज खेल नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्कालेनखेल्ने...   

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने एमाले कर्णाली संसदीय दलको निर्णय

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई...   

डढेलोले २५ हेक्टर जङ्गल नोक्सान

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा...   

प्रधानमन्त्री ओली राष्ट्रहित विपरित गतिविधिमा लागेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top