Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए ।

“वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ”, उनले भने, “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन् ।” वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् ।

वायु प्रदूषणबाट प्रभावित हुनसक्ने व्यक्तिलाई घर बाहिर नजान आग्रह गरिएको भीमदत्त नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले बताए । वायु प्रदूषण बढेपछि सार्वजनिक सूचना नै जारी गरेर यसबारे आग्रह गरिएको उनले बताए ।

“अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र जानैपर्ने अवस्थामा विशेष सावधानी अपनाई मास्क लगाउन भनेका छौँ”, उनले भने, “आगो बाल्दासमेत वायु प्रदूषण झन् बढ्ने भएकाले फोहर बाल्ने, गहुँखेतमा बाँकी रहेको भुसा तथा छाली जलाउनेजस्ता काम नगरिदिन भनेका छौँ । धुलोधुवाँ उड्ने खालका पेशा, व्यवसाय निर्माण कार्य गर्दा धुँवाधुलो नउड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरेका छौँ ।”

रातिको समयमा हावाको तापक्रम घट्न गई वायु प्रदूषण जमिनको सतह नजिक बढी हुने भएकाले वातावरणीय अवस्थामा सुधार नहुञ्जेल बिहानीको समयमा घरबाहिर गएर शारीरिक व्यायाम, प्रातः भ्रमणलगायतका कार्यसमेत नगर्न भनिएको उनको भनाइ छ । प्रदूषणका कारण दिउँसै बादल लागेजस्तो देखिन थालेपछि स्थानीय तहले स्थानीय बासिन्दालाई सार्वजनिक सूचना जारी गरी सचेत पार्दै आएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies