Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन गरेर आत्मनिर्भर हुन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७र७८ मा रक्षा मन्त्रालयबाट सञ्चालित विकास तथा आयोजनाको दोस्रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरको विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को सङ्क्रमण नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद् व्यवस्थापन र पूर्वाधारहरूको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्वका गढी र किल्लाहरूको संरक्षणमा सेनाले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले नेपाली सेनालाई सैनिक कल्याणकारी कोषको थप उपयोग गर्न निर्देशन दिए । प्रधानमन्त्री ओली हाल मुलुकमा आगलागी नियन्त्रणमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र विश्वभर शान्ति स्थापनामा महत्वपूर्ण योगदान गरी मुलुकको प्रतिष्ठा र छवि उँचो बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकका लागि अनुशासित र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्न राष्ट्रिय सेवा दललाई सुदृढीकरण गर्न, बङ्करदेखि व्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले दोस्रो चौमासिकमा सेनाबाट सञ्चालित अधिकांश कार्यक्रमको भौतिक प्रगति उत्साहजनक रहेको बताए । मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले मन्त्रालय राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमको प्रगति सन्तोषजनक रहेको जनाए । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीका अनुसार राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले आयोजनासँग सम्बन्धित समस्या समाधानका लागि आपसी समन्वयमा जोड दिए । मन्त्रालयको चालू आर्थिक वर्षमा भौतिकतर्फ ६४ दशमलव ८९ र पूँजीगततर्फ ३९ दशमलव ४ देखिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies