
मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

-
-
चैत २४ गते, २०७७ - १६:५७

सिन्धुपाल्चोक । ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता वैशाख ६, ७ र ८ गते हुनेछ ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो टिम मेलम्चीको आयोजना तथा रेडियो मेलम्चीको सहआयोजनामा सो प्रतियोगिता हुने भएको हो । खेल क्षेत्रमा महिलालाई प्रोत्साहित गर्ने नगरपालिकाको उद्देश्यअनुसार महिला भलिबल प्रतियोगिताका लागि नगरले सहयोग गरेको नगरउपप्रमुख भगवती नेपालले जानकारी दिए । प्रतियोगितामा पहिलो हुने टिमलाई रु एक लाख नगद पुरस्कारका साथ कप र मेडल प्रदान गरिने सहआयोजक रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए । दोस्रोलाई रु ५० हजार र तेस्रो हुने दुई टिमलाई रु २५/२५ हजार पुरस्कार रहेको छ ।
सहभागी खेलाडीलाई आवास तथा खानाको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष आशीष श्रेष्ठले जानकारी दिए । खेलाडीका लागि ड्रेस तथा खाजाको व्यवस्था भने सम्बन्धित पालिकाले गर्नुपर्ने पनि बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप
याङ्गुन । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी...अझै मेलम्चीको पानी वितरण भएन
काठमाडौँ । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका...शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा
काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि...“कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू”
काठमाडौँ । दोस्रो चरणमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय...अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट मृत्यु, घटनामा संलग्न २ जना पक्राउ
सिरहा । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका–२३ गाढिया चोकमा सुन चाँदी...बुटवलमा ३ जना कोरोना सङ्क्रमितको मृत्यु
रुपन्देही । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको...पानी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुई तल्लामा रहेको पानी ट्याङ्कीमा...भारतमा कोरोना बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट...दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा
तेहरान । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय...यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु
आडेन । यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको...
