Khabar Dabali Logo
  April 19, Mon

माओवादीबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य न्यौपाने र पन्थी पदमुक्त

बुटवल । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका लुम्बिनी प्रदेशका २ सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका हुन् । प्रदेश सभाको मंगलबार बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

उनले नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका साथै प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए। ‘प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार माननीय सदस्य श्री दधिराम न्यौपाने र माननीय सदस्य श्री दिनेश पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरा सम्मानित सभालाई जानकारी गराउँछु’, सभामुख घर्तीले बैठकमा बताए ।

न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। उनीहरुलाई एमालेमा लागेपछि पार्टीले २४ घण्टे स्पष्टीकरण सोधको थियो । तर कुनै जवाफ नफर्काएपछि पार्टीले संसदमा पत्राचार गरेको थियो ।

चैत २४ गते, २०७७ - १६:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तराई–मधेश आन्दोलनका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले मधेस तथा थारुहट आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको...   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । दिउँसो १ बजे बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो...   

कालीगण्डकी करिडोर : काम छाडेर व्यवसायी सम्पर्कविहीन

पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड...   

कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । चैते शुक्ल...   

राष्ट्रपतिबाट चालु अधिवेशन अन्त्य भएको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को...   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न...   

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय...   

राप्रपा बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक...   

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले...   

मुख्यमन्त्री डोरमणि पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षीको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top