Khabar Dabali Logo
  April 19, Mon

काभ्रेको चौँरी देउरालीमा राष्ट्रिय परिचयपत्र अभियान शुरु

काभ्रे । जिल्लाको विभिन्न स्थानीय तहमा अभियानकै रुपमा सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्रको फारम भर्ने क्रममा जिल्लाको कोशीपारी क्षेत्रमा सो अभियान सञ्चालन हुने भएको छ ।

काभ्रेको चौँरी देउराली गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनसम्बन्धी कार्यका लागि स्थानीय तहसँग समन्वय र सहकार्य थालनी गरिएको छ । यसको लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित जिल्लाका सुरक्षा प्रमुखसहितका टोली पुगेका छन् । राष्ट्रिय परिचयपत्र र यसको महत्वका बारेमा प्रजिअ पोखरेलले सहजीकरण गरेका थिए। उनले सुशासन र पारदर्शीको लागि सरकारले राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएको कारण अभियानमा सहभागिताको आम नागरिकलाई आग्रह गरे ।

चौँरी देउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले राज्यले नयाँ खालको विधिमार्फत जनतासँग जोड्न खोजेको बताउँदै निर्धारित समयभित्र कार्य सम्पन्न गर्न कर्मचारीलाई आग्रह गरे। ‘अहिले सञ्चालन हुने अभियानमा कर्मचारी संवेदनशील र तदारुकता भएर काम गर्न आवश्यक छ ।’ उनले भने, ‘राज्यले नयाँ खालको विधिलाई अगाडि सारेकोले त्यसमा सहभागिता जनाएर अयिभान सफल बनाउन लाग्नु सबैको दायित्व हो ।’
सो क्षेत्रमा अब छिट्टै राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्ने काम शुरु गर्ने जनाएको छ ।

चैत २४ गते, २०७७ - १४:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिबाट चालु अधिवेशन अन्त्य भएको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को...   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न...   

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय...   

राप्रपा बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक...   

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले...   

मुख्यमन्त्री डोरमणि पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षीको...   
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज प्रधानमन्त्री निवास...   

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलाली । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी...   

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जान्छ : नेता कार्की

ताप्लेजुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको...   

संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरियो : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top