
वागमति प्रदेशमा माधव पक्षले बनायो छुट्टै कमिटि, कोको छानिए पदाधिकारी ?

-
खबरडबली संवाददाता
-
चैत २४ गते, २०७७ - १४:०७

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ। नेपाल-खनाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयकाविरुद्ध समानान्तर गतिविधि गर्दै आएको खनाल-नेपाल समूहले शाक्य संयोजक रहेको कमिटीलाई आधिकारिक भनेको छ।
यसअघि नेकपा एमाले हुँदाकै कमिटीलाई पूर्णता दिएको उक्त समूहको दाबी छ। खनाल-नेपाल पक्षका नेता अरुण नेपालले भने, ‘हामीले बागमती प्रदेशको आधिकारिक कमिटी बनाएका हौं।’ यसअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको कमिटी विधान विपरीत भएकोले यसअघिकै संयोजकको नेतृत्वमा कमिटी पुनर्गठन गरेको उनको दाबी छ।
जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन्। सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन्। सचिवमा रचना खड्का रहेकी छन्। समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइयो।
सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल-माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्। अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएको खनाल नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरिसकेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ओलीले स्पष्टीकरण सोधेका ३२ सांसद कोको हुन् ? हेर्नुहोस् नामावली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाल सहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्...माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी, सरकारको समर्थनबारे भोलीको निर्णय के हुन्छ ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर...हरिद्वारबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने गृहकार्य भइरहेको बेला...राजस्थानविरुद्ध चेन्नईको शानदार जित
काठमाडौं । १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ४५ रनले...०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...

प्रतिकृया लेख्नुहोस्:
- माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने
- १७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु
- संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र
- ओलीले स्पष्टीकरण सोधेका ३२ सांसद कोको हुन् ? हेर्नुहोस् नामावली
- जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने
- माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी, सरकारको समर्थनबारे भोलीको निर्णय के हुन्छ ?
- कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट
- सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो
- माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी
- अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन
- पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !
- एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
- संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री ओलीले अधिनायकवादी शैली अपनाए : राष्ट्रिय जनमोर्चा
- संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !