Khabar Dabali Logo
  April 19, Mon

मुख्यमन्त्री भट्टको निर्देशन : खप्तड सडकको काम छिटो सक्नु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टले उक्त सडकको आज अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री भट्टले भने, ‘खप्तड सडक चाँडो पिच गरिए यहाँ पर्यटकलाई सहज हुने छ, कालोपत्रको काम चाँडै सक्नुस ।’

अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा सञ्चालनमा रहेका योजना तोकिएको समयमै नसक्नेलाई कारवाही गरिने समेत बताए । उनले भने, ‘निर्माणको जिम्मा लिने तर समयमै काम नसक्नेलाई कारवाही हुन्छ, कारवाहीमा पर्नु भन्दा काम चाँडो सक्नुस् ।’ सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई मध्यनजर गर्दै कालोपत्रसहित निर्माण भईरहेको उक्त सडक एक वर्ष अगाडि करीब ७८ करोडको लागतमा ठेक्का भई काम भइरहेको छ ।

खप्तड सुदूरपश्चिमको भू–स्वर्गको रुपमा परिचित क्षेत्र रही पर्यटकको प्रमुख रोजाइँको केन्द्र भए पनि खप्तड जाने बाटो नहुँदा पर्यटकीय सम्भावना ओझेलमा पर्दैआएको छ । खप्तड सडक कालोपत्रसहित निर्माण सम्पन्न भए यहाँ आउने पर्यटकलाई सहज हुनुका साथै आयआर्जनमा पनि सहज हुने खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए ।

चैत २४ गते, २०७७ - १२:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिबाट चालु अधिवेशन अन्त्य भएको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को...   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न...   

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय...   

राप्रपा बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक...   

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले...   

मुख्यमन्त्री डोरमणि पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षीको...   
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज प्रधानमन्त्री निवास...   

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलाली । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी...   

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जान्छ : नेता कार्की

ताप्लेजुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको...   

संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरियो : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top