Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कालोपत्रका लागि तयार भयो गलेश्वर–बेगखोला सडक

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रका लागि तयार भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट वडा नं १ बेगखोला जोड्ने सडक कालोपत्र हुनलागेको हो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले कालोपत्र गर्न पूर्वाधार तयार पारेको जनाएको छ ।

निर्माण कम्पनीका सञ्चालक अमृत दाहालले सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर कालोपत्रका लागि सबबेस बिछ्याउने र रोलरले पेल्ने काम भइरहेको जानकारी दिए । “सात किलोमिटर दूरीको राहुघाट–बेगखोला खण्डको सडक ११ मिटर फराकिलो बनाएका छौँ”, उनले भने, “अधिकांश ठाउँमा पर्खाल र नाली निर्माण सकिएको छ । नाली र पर्खाल निर्माण भएको ठाउँमा गिट्टी, बालुवा बिछ्याएर रोलरले पेलिएको छ ।”

आगामी वैशाख–जेठ महिनाभित्रै कालोपत्र सक्ने गरी मजदुर, उपकरण परिचालन र निर्माण सामग्री तयार पारिएको छ । सात मिटर चौडाइमा डिबिएसटी प्रविधिको कालोपत्र गरिने भएको छ । मुख्य ठेकेदार शर्मा–युनाइटेडले अधुरो बनाएको सो सडक २०७६ माघदेखि ओमकारेश्वरले जिम्मा लिएपछि कामले तीव्रता पाएको हो । राहुघाट–बेगखोला खण्डको करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चारवटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब रु छ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ र बेनी–जोमसोम खण्डको ६० प्रतिशत भौतिक प्रगति छ ।

सात प्याकेजको जोमसोम–कोरला खण्डको चारवटा प्याकेजको काम निर्माण सकिएको आयोेजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताए । आयोजनाअन्तर्गतकै बेनी नगरपालिका–९ गलेश्वरको करिब एक किलोमिटर सडक पनि कालोपत्रका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ । गलेश्वर, महभिर र पोखरेबगरको बेलीब्रिज विस्थापित गरेर पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । रु तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो ।

बेनी–घाँसा खण्डका दुईवटा प्याकेज र घाँसा–जोमसोम खण्डको एउटा प्याकेजको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो । घाँसा–जोमसोम खण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पु/तामाङ/कोशी/न्यौपाने जेभीले लिएको छ । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्र गरिने भएको छ ।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खालेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक हाल कच्ची अवस्थामा थियो । विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थल विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ ।

मच्छिममा गाउँघर क्लिनिक भवन निर्माण

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा गाउँघर क्लिनिक भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजनाअन्तर्गत कदम म्याग्दी र गाउँपालिकाको सहयोगमा भवन निर्माण भएको हो । भवनको सोमबार धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गरे ।

एकतले दुईकोठे भूकम्प प्रतिरोधी क्षमताको भवन बनाउन गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु पाँच लाख र परियोजनाले कदम म्याग्दीमार्फत रु सात लाख विनियोजन गरेको थियो । निर्माण सामग्री, फर्निचर खरिद र मजदुरको ज्यालामा गाउँपालिका र परियोजनाको बजेट खर्च भएको छ । जग्गा सम्याउन, पर्खाल लगाउने ढुङ्गा ढुवानी गर्ने काममा १०७ घरधुरीले प्रतिघर चार/चार दिनका दरले श्रमदान गरेको उपभोक्ता समितिका सचिव वीरबहादुर छन्त्यालले बताए । भवन निर्माणपछि विद्यालयको कोठा, व्यक्तिका घर र चौतारामा बसेर बालबालिकालाई खोप लगाउनुपर्ने समस्याको अन्त्य भएको छ । हरेक महिनाको एक दिन टोलमा पुगेर सेवा दिने स्वास्थ्यकर्मी र सर्वसाधारणलाई पनि सहज भएको छ ।

सामुदायिक विकास परियोजनामार्फत यसअघि धवलागिरि–६ बुल, वडा नं ४ बगर र वडा नं २ खोरियामा खोप केन्द्रको भवन निर्माण भएको थियो । भवन उद्घाटन कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको थियो । हजार दिनका आमासँग गाउँपालिका अध्यक्ष कार्यक्रमअन्तर्गत गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चाका आमालाई अण्डा पनि वितरण गरिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies