Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन गर्ने १३ सवारी नियन्त्रण

दमौली । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो ।

म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले रु २० हजार जरिवाना गरेको छ ।

व्यास नगरपालिका–७ गलमखोलास्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैधरूपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ना१क ६२५२ नंको एक्साभेटरसहित ग१त ६०९८ नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि पठाइएकामा व्यास नगरपालिकाले रु २० हजार जरिवाना गराएको छ ।

भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिनाइजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटरसहित बालुवा लोड गरेको ग१त ४०६१ नंको टिपरलाई नियन्त्रणमा लिइएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिनाइजाजत ढुङ्गा, माटो उत्खनन गरिरहेको अवस्थामा ग१क ३४३५ नंको एक्साभेटरसहित लोड गरिरहेका ग१त ३१९०, ग१त ३४२१ र ग१त ३०७० नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा रु ५६ हजार जरिवाना भएको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट बिनाइजाजत अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ग१क ३७८८ नंको एक्साभेटर र ग१क ३१७५ नंको जेसिभीसहित ग१क ३२५२, ग१क ३२५१ नंको टिपरलाई नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिका बुझाइएको छ ।

व्यक्तिगत घटना दर्ताका विवरण खोज्न ढड्डा पल्टाउनु पर्दैन

तनहुँको म्याग्दे गाउँपालिकाले व्यक्तिगत घटना दर्ताका विवरणलाई डिजिटाइजेसन गरेको छ । गाउँपालिकाले घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलनलाई विस्थापित गर्दै सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरेको हो ।

जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “व्यक्तिगत घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलन थियो, गाउँपालिकामा अब व्यक्तिगत घटना दर्ता डिजिटलमा रूपान्तरण भएको छ”, अधिकारीले भने, “यसले सबै प्रकारका विवरण खोज्न पनि सहज हुनुका साथै समयको पनि बचत हुन्छ ।” उनका अनुसार केही विवरण खोज्नुपर्दा ढड्डा पल्टाउनुपर्दा समस्या हुने गरेको थियो ।

गाउँपालिकाले सम्पूर्ण वडाका ३० हजार विवरण डिजिटल प्रविधिमा समावेश गरेको छ । “गत असोज महिनादेखि काम शुरु भएको थियो, सोमबार उक्त काम सम्पन्न भएपछि गाउँपालिकाले घटना दर्ताको डिजिटाइजेसन कार्य सकिएको घोषणा गरेको छ”, अधिकारीले भने, “कम्प्युटरमा नाम हान्नेबित्तिकै सम्पूर्ण विवरण एकैचोटी पाउन सकिन्छ ।”

सरकारले देशभरका स्थानीय तहमा यो कार्य गर्नका लागि रकमसमेत उपलब्ध गराएको थियो तर कतिपय स्थानीय तहले अझैसम्म पनि उक्त कार्य गरेका छैनन् । गाउँपालिकाले सातवटै वडा कार्यालयका घटना दर्ताका विवरण परामर्शदातामार्फत् डिजिटाइजेसन गरेको हो । व्यक्तिगत घटना दर्ताका विवरण डिजिटल प्रविधिमा समावेश भएपछि कर्मचारीको समय बचत हुनुका साथै सेवाग्राहीले पनि छिटोछरितो सेवा प्राप्त गर्न सक्ने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies