Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विराटनगर विमानस्थलमा देशकै ठूलो आन्तरिक टर्मिनल बन्दै

विराटनगर । विराटनगर विमानस्थलमा आन्तरिक उडान हुने सबैभन्दा ठूलो टर्मिनलमा निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगरमा देशकै ठूलो टर्मिनल भवन बनाउनेछ।

विमानस्थलमा यात्रु चाप बढ्दै गए पनि साँघुरो टर्मिनलका कारण सेवा राम्रो नभएको भन्दै प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्ने भएको हो।

पछिल्लो समय उडान संख्या बढ्दै गएका तराईका विमानस्थलमा आधुनिक र सुविधासम्पन्‍न टर्मिनल निर्माण गर्ने योजनाअनुसार विराटनगरमा टर्मिनल बनाउन लागिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

विराटनगर विमानस्थलमा टर्मिनल भवनका लागि डिजाइनको काम सकिएको र खरिद प्रक्रिया अघि बढाउन थालिएको प्राधिकरण अन्तर्गतको विमानस्थल पूर्वाधार निर्माण हेर्ने एरोडोम निर्देशनालयका इञ्जिनियर नलबिक्रम थापाले जानकारी दिए।

थापाका अनुसार विराटनगर विमानस्थलमा अहिलेको टर्मिनल क्षेत्रफल ८२५ वर्गमिटर छ। अब नयाँ बन्ने टर्मिनल ८ हजार ९ सय ७७ वर्गमिटरको हुनेछ। यो अहिले नेपालका डोमेस्टिक (आन्तरिक उडान) टर्मिनलमा सबभन्दा ठूलो हुने छ। काठमाडौं विमानस्थलको डोमेस्टिक टर्मिनलको क्षेत्रफल ६ हजार वर्गमिटर छ। यसलाई विस्तार गरेर ८ हजार वर्गमिटर बनाउने पनि काम भइरहेको छ।

विराटनगरमा टर्मिनल बनाउन ३ अर्ब १५ करोड रूपैयाँ लगानी आवश्यक हुने प्राधिकरणको अनुमान छ। ठेक्का प्रतिस्पर्धामा जाँदा अनुमानभन्दा लागत कम पनि हुन सक्नेछ।

ुअहिलेको टर्मिनलको अवस्था विजोग छ। यस्तोमा हामीले आधुनिक सेवा सुविधा भएको टर्मिनल बनाउन खोजेका हौं, थापाले भने, नयाँ टर्मिलनमा सपिङदेखि प्लेइङ स्पेससम्मका सुविधा हुने छन्।

प्रतिघन्टा ९ सय यात्रुलाई सेवा दिनसक्ने नयाँ टर्मिनलले आगामी ३० वर्षसम्मको ट्राफिक थेग्‍ने प्राधिकरणको प्रक्षेपण छ।

पछिल्लो समय आन्तरिक उडानको संख्या बढिरहेको छ, त्यसमा पनि विराटनगरमा धेरै नै बढेको छ। त्यो हिसाबले हेर्दा आगामी ३ दशकसम्म पनि यो साँघुरो हुने छैन, थापाले भने।

गएको दुई दशकको ट्राफिक वृद्धिदर ८ प्रतिशत रहेको र पछिल्लो पाँच वर्षमा यस्तो वृद्धिदर अझै उच्च भएकाले नयाँ टर्मिनल बनाउनुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको उनको भनाइ छ। यो टर्मिनल भवन निर्माण भएपछि आवश्यकता परे अन्तर्राष्ट्रिय उडान पनि सञ्‍चालन गर्न सकिने थापाले जानकारी दिए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies