
नेप्सेमा झिनो वृद्धि: बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

-
-
चैत २३ गते, २०७७ - १७:५२

काठमाडौँ । आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ बिन्दुले बढेर दुई हजार ६५८.७४ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ बिन्दुले बढेर ४७१.८४ मा पुगेको छ । कूल २१२ कम्पनीको एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर रु सात अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ मा खरिद बिक्री भयो । सोमबारको कारोवारपछि बजार पूँजीकरण पनि नयाँ उचाईमा पुगेको छ । नेप्सेका अनुसार बजार पूँजीकरण रु ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख २० हजार बराबर भएको छ ।
कारोवार भएका कूल १३ मध्ये आज सात उपसमूहको शेयर उकालो लागेको छ । त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ११.७९, विकास बैंक १३.४२, वित्त ०.९५, निर्जीवन बीमा १०६्६१, जीवन बीमा ३८.९६ र लगानी ०।८६ बिन्दुले ओरालो लागेको छ ।
यस्तै, व्यापार १३२.६५, होटल तथा पर्यटन ११४.८, जलविद्युत् ४६.४९, उत्पादन २४.८, अन्य ३३.०२, लघुवित्त ३४.६३ र सामूहिक ०.०५ ले उकालो लागेको छ । कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ७५ लाख ६८ हजार ९३ बराबरको कारोवार भयो । यस्तै, आइएमई जनरल इन्स्योरेन्स रु ३१ करोड ३४ लाख ९६ हजार १७४, नेपाल पूर्वाधार बैंक रु २८ करोड ९४ लाख ६३ हजार ८२८, हिमालयन जनरल इन्स्योरेन्स रु २५ करोड २५ लाख ५२ हजार २९०, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड पाँच लाख ५० हजार ६२९, नबिल बैंक रु १५ करोड ५६ लाख ३९ हजार ६१९, चन्द्रागिरि हिल्स रु १५ करोड १८ लाख ९२ हजार १९६, एनआइसी एशिया बैंक रु १५ करोड एक लाख ६१ हजार १२९, नेपाल पुनरबीमा कम्पनी रु १४ करोड ९४ लाख ५२ हजार ७९७ र रसुवागढी हाइड्रोपावर रु १३ करोड ७१ लाख २८ हजार ९४१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९९, राधी विद्युत् कम्पनी ९.९८, बोमी माइक्रोफाइनान्स ९.९५, सानिमा जनरल इन्स्योरेन्स ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ६.५५, चन्द्रागिरि हिल्स ५.७७, माथिल्लो तामाकोशी ५.३४, साञ्जेन जलविद्युत् कम्पनी ५.२०, पाँचथर पावर ४.९० र मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.७४ प्रतिशतले कमाए ।
यस्तै, गुर्खाज फाइनान्स ४.१२, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३६, स्वाभिमान लघुवित्त ३.१३, सप्तकोशी डेभलपमेन्ट बैंक २.९४, लुम्बिनी जनरल इन्स्योरेन्स २.८२, सगरमाथा इन्स्योरेन्स २.६७, प्रिमियर इन्स्योरेन्स २.५८, सूर्योदय लघुवित्त २.४४, घलेम्दी हाइड्रोपावर २.४४ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाए । आजको कारोवार पछि पनि नेप्सेले नयाँ उचाईको यात्रा भने कायम नै राखेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने
कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने...१ सय पिस ट्रेप्पल लागूऔषध सहित २० वर्षीय पौडेल पक्राउ
कास्की । पोखरा महानगरपालिका–३ नदीपुरबाट नियन्त्रित लागूऔषध १ सय पिस ट्रेप्पल सहित पोखरा महानगरपालिका–२...भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
भक्तपुर । तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर...चितुवा नियन्त्रणका लागि ३० वटा पानीका पोखरी निर्माण
तनहुँ । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण...मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण शुरु
काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५...बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले...अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु
इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको...अफ्रिकी मुलुक नामिबियालाई कोभाक्सबाट कोरोना विरुद्धको खोप उपलब्ध
विन्डहक । अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप...दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु
कान्दाहार । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको...भारतमा गत २४ घण्टामा थप कोरोना सङक्रमितको संख्या २ लाख १७ हजार
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि...

प्रतिकृया लेख्नुहोस्:
- प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल
- कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने
- भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
- एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्न मलाई विश्वसको मत दिनोस : मुख्यमन्त्री शाही
- सर्वोच्च अदालतका प्रस्तावित न्यायधीशलाई सांसदहरुको प्रश्नः अदालतमा बेन्च सेटिङ हुन्छ कि हुदैन ?
- हाम्रो आन्तरिक मामिलामा चासो देखाएर सम्बन्ध नबिगार्नोस : यमलाल कंडेल
- मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण शुरु
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, कोरोना महामारीबारे छलफल हुने
- शिक्षा मन्त्रालयको आग्रहः स्वास्थ्य मामदण्डमा ध्यान दिइ सिफ्टमा विद्यालय सञ्चालन गर्नु
- चीनको जिडिपी तिब्र गतिमा १८.३ प्रतिशतले वृद्धि
- १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३७ वर्षीय दर्जी पक्राउ
- मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने एमाले कर्णाली संसदीय दलको निर्णय
- प्रधानमन्त्री ओली राष्ट्रहित विपरित गतिविधिमा लागेका छन् : अध्यक्ष प्रचण्ड
- रुरु हाइड्रोको आइपिओ बाँडफाँट
- वाग्मती प्रदेश एमालेद्वारा १५ सदस्यीय संसदीय बोर्ड गठन, प्रमुख सचेतकमा केशव पाण्डे