Khabar Dabali Logo
  April 16, Fri

मेशिन चोरीको आरोपमा स्थानियवासीका कुटपिटबाट ३० वर्षीय गुरुङको मृत्यु

भक्तपुर । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

चाँगुनारायण नगरपािलका–२ बर्खेपाटीमा स्थानीय बासिन्दाले शनिबार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै कुटपिटबाट घाइते भएका गुरुङको आइतबार मृत्यु भएको बताइएको छ । प्रहरीले स्थानीय विनोद लाखाको घर नजिकै रहेको च्याउखेतीमा लगाउन बनाइएको सानो पानी जम्मा भएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा लाखासमेतका व्यक्तिले गुरुङलाई नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाएको नायव उपरीक्षक गिरीले जानकारी दिए ।

हत्या अभियोगमा पक्राउ पर्नेमा चाँगुनारायण–२ बस्ने ५० वर्षीय टेकबहादुर केसी सोही ठाउँका ३२ वर्षीय नविन कोजू, भक्तपुर नगरपालिका–७ बस्ने ३७ वर्षीय विनोद लाखा, दोलखा भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–२ बस्ने ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउँपलिका–३ घर भई हाल चाँगुनारायण–३ बस्ने ३४ वर्षीय सनिशकुमार राय रहेका छन् ।

चैत २३ गते, २०७७ - १०:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने

कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने...   

१ सय पिस ट्रेप्पल लागूऔषध सहित २० वर्षीय पौडेल पक्राउ

कास्की । पोखरा महानगरपालिका–३ नदीपुरबाट नियन्त्रित लागूऔषध १ सय पिस ट्रेप्पल सहित पोखरा महानगरपालिका–२...   

भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

भक्तपुर । तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर...   

चितुवा नियन्त्रणका लागि ३० वटा पानीका पोखरी निर्माण

तनहुँ । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण...   

मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण शुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५...   

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले...   
अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु

इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको...   

अफ्रिकी मुलुक नामिबियालाई कोभाक्सबाट कोरोना विरुद्धको खोप उपलब्ध

विन्डहक । अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप...   

दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु

कान्दाहार । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको...   

भारतमा गत २४ घण्टामा थप कोरोना सङक्रमितको संख्या २ लाख १७ हजार

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top