Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

‘इन्टरलक’ इँटाको प्रयोग बढ्दै

सुदूरपश्चिम । पछिल्लो समय कैलालीमा माटोको इँटाको विकल्पमा वातावरणमैत्री ‘इन्टरलक इँटा’को प्रयोग बढ्न थालिएको छ । संरचना निर्माणमा इँटाको माग बढेसँगै ‘इन्टरलक’ इँटाको प्रयोग पनि बढ्दै गएको हो । चिम्नी इँटा सहजरुपमा र उचित मूल्यमा पाउन समस्या भइरहँदा विकल्पमा यो इँटाको प्रयोग बढ्दै गएको स्थानीयवासी कालु चौधरीले बताए ।

यो इँटा उत्पादन हुने ठाउँमा धुलो, धुवाँको समस्या नहुने भएका कारण वातावरणमा पनि कुनै त्यस्तो असर नपर्ने उद्योग सञ्चालकको भनाइ छ । इन्टरलक इँटाबाट संरचना निर्माण गर्दा चिम्नी इँटाको तुलनामा कम लागत पर्ने मदन इको इन्टरलक उद्योग धनगढीका सञ्चालक खेमराज जोशीले बताए ।

क्रसर उद्योगबाट निस्कने ढुङ्गाको धुलो, बालुवा, सिमेन्टको मिश्रणबाट बनाइएको मसलालाई साँचोमा राखेर यो इँटा तयार पारिन्छ । पछिल्लो महिनामा इन्टरलक इँटाको उत्पादन गर्ने पनि बढ्दै गएका छन् ।

जोशीको उद्योगबाट प्रत्यक्षरूपमा छ जनाले रोजगारी पाएका छन् । चिम्नी इँटाको प्रतिगोटा मूल्य रु १७ सम्म पर्दा यो इन्टरलक इँटा प्रतिगोटा रु ४५ सम्म पर्छ । “चिम्नी उद्योगको इँटाको आकारभन्दा इन्टरलक इँटाको आकार ठूलो हुन्छ”, सञ्चालक जोशीले भने, “यो इन्टरलक इँटा प्रयोग गर्नेहरू बढ्दै गएका छन् ।”

उद्योग रुपान्तर कार्य अलपत्र

कैलालीमा विनादर्ता वर्षौंदेखि सञ्चालनमा रहेका भुसी इँटाभट्टा (उद्योग)लाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्ने काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । औद्योगिक प्रवद्र्धन बोर्डले गरेको परिपत्रबमोजिम घरेलु तथा साना उद्योग कार्यालयले विगतमा भुसी इँटा उद्योगलाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्न पहल गरेको थियो ।

यस क्रममा जिल्लाका झण्डै ४५ भुसी इँटा उद्योगका सञ्चालकले उद्योग दर्ताका लागि कार्यालयमा निवेदन दिएका थिए । यीमध्ये ३५ सञ्चालकले अनुमतिपत्र ९लाइसेन्स० लिए पनि अझै धेरैले अनुमतिपत्र नलिइ उद्योग सञ्चालन गर्दै आएको बताइन्छ ।

कार्यालयमा विगतमा कतिपय भुसी इँटा उद्योग दर्ता प्रक्रियामा आए पनि यस्ता केकति उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएको बारेका जानकारी नभएको कार्यालयका प्रमुख नवराज भट्टले बताए । उनले भने, “स्थानीय तहलाई आफ्नो क्षेत्रमा यस्ता उद्योग दर्ता भए÷नभएको, सञ्चालनको अवस्था र ती उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएकाबारे कार्यालयलाई जानकारी गराउन पत्र पठाइएको छ ।”

यस्ता उद्योगलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न सञ्चालकले त्यति चासो नदेखाएका कारण आधुनिक उद्योगमा रुपान्तरणमा लैजान समस्या देखिएको बताइएको छ । औद्योगिक व्यवसाय ऐन २०४९ मा घरेलु उद्योग स्थापना भएको छ महिनाभित्र दर्ता गरिसक्नुपर्ने, घरेलुबाहेकका अन्य उद्योग दर्ता नगरी स्थापना गर्न नपाइने, सुर्ती, चुरोट र मदिराजन्यजस्ता उद्योग अनुमति लिएर मात्र स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने कानूनी व्यवस्था गरिएको छ ।

अवैधरूपमा विनामापदण्ड भुसी इँटा उद्योग जहाँ पायो त्यहीँ सञ्चालन गर्ने प्रवृत्ति बढ्दै जाँदा यी उद्योगबाट आउने धुवाँ धुलोका कारण वातावरण प्रदूषित हुने गरेको जनगुनासो पनि बेलाबखत सुनिने गरेको छ ।

यद्यपि चिम्नी इँटा उद्योगमा प्रयोग हुने खनिजतत्व कोइला, दाउरा आफूहरूले प्रयोग नगरी केवल जैविक भुसी (भुस) प्रयोग गर्ने गरेकाले यस्ता उद्योगबाट वातावरण प्रदूषण नहुने दाबी भुसी इँटा उद्योगकका सञ्चालकको छ ।

इँटा व्यवसायी सङ्घ कैलालीका अध्यक्ष विनोद साह भने अवैध र निर्वाधरूपमा भुसी इँटा उद्योग सञ्चालन भइरहँदा पनि नियमनकारी निकाय उदासिन बनेको बताए । उनले भने, “उनीहरूले कर पनि तिर्नु पर्दैन, दारु भट्टी चले जस्तै चलिरहेका छन् ।”

जिल्लामा झण्डै ६० भन्दाबढी भुसी इँटाभट्टा सञ्चालनमा रहेको अनुमान गरिएको छ । वातावरणीय परीक्षण गरी सञ्चालनमा रहेका आधुनिक प्रविधिका चिम्नी इँटा उद्योगमा वातावरणीय परीक्षणअनुसार काम भए÷नभएकाबारे अनुगमन पनि हुन पनि सकिरहेको छैन ।

जसका कारण कतिपय चिम्नी इँटा उद्योग मानवबस्ती नजिकै सञ्चालनमा आउँदा त्यसबाट आउने धुवाँ, धुलोले मानव बस्तीमा प्रतिकूल प्रभाव पारेको गुनासो आउने गरेको छ । कैलालीमा ४२ सहित सुदूरपश्चिम प्रदेशभर ८० वटा आधुनिक चिम्नी इँटा उद्योग सञ्चालनमा रहेको जनाइएको छ । यी उद्योगमा नेपाली मजदूरका अलावा प्रत्येक उद्योगमा कम्तीमा पनि ३० देखि ४० प्रतिशतका दरले भारतीय मजदूर पनि कार्यरत रहने गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies