
बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

-
-
चैत २२ गते, २०७७ - १०:०४

गोरखा । गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ । गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । उनीहरु दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको उनले बताए ।
दुर्घटनामा परी लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।
घाइते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख रहेको जानकारी प्राप्त भएको उनले बताए । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो । जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने
काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै
तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...बलात्कारीलाई सात वर्ष कैद फैसला
गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला...गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा...नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा
पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन्...एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु
कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित...देशैभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै
काठमाडौ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति...सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन...
