
नेपालखनाल समूहले अबको दुई महिना सङ्गठन सुदृढीकरण अभियान चलाउने

-
-
चैत २१ गते, २०७७ - २०:५६

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपालखनाल समूहको अबको दुई महिना सङ्गठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
काठमाडौँमा आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहमा एक खालको कारवाही र तल तहमा अर्को खालको कारवाही गर्ने काम गरेकाले उक्त अभियानका क्रममा त्यसको विरोध गर्ने र वडातहसम्मै जनवर्गीय सङ्गठन तथा पार्टीको सङ्गठन निर्माण गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
“जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीलाई वास्ता नगरी भटाभट जिल्ला कमिटी बनाएको छ, यो त कमिटीमाथि कारवाही गरिएको भयो”, पन्तले भने, “माथि एक प्रकारको कारवाही र तल अर्को खालको कारवाही गरिएको छ ।”
उनले थपे, “पार्टी नफुटेको बेलाको वैध कमिटीलाई कारवाही गरेमा विरोध गर्ने र जनसङ्गठन र पार्टीको पनि वडातहसम्मै सङ्गठन बनाउने भन्ने भएको छ ।” बैठकले केही दिन अघि भएको राष्ट्रिय भेलाको प्रतिवेदन र त्यसमाथि आएको सुझावलाई समेटेर पुस्तक प्रकाशन गर्दै त्यसलाई तल्लो तहसम्म पु¥याउने निर्णय पनि गरेको छ ।
विसं २०७५ जेठ २ गते अघिको पार्टी कमिटीलाई पुनर्गठन गर्दै प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गने निर्णय भएको जनाइएको छ । जेठ २ लाई आधार मानेर पार्टी एकतामा फर्किन अध्यक्षलाई आग्रह गरिएको जनाइएको छ । अभियानका क्रममा केन्द्रीय सदस्यलाई जिल्ला जिल्लामा खटाउने, प्रचारात्मक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा स्थापना दिवस, मनामोहन अधिकारी स्मृति दिवस र मदनआश्रित स्मृति दिवस भव्यरूपमा मनाउने निर्णय पनि गरेको छ । यसअघि नेकपा एमालेले पार्टीका नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई छ महिनाका लागि निलम्बन गरिसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने
काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै
तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...बलात्कारीलाई सात वर्ष कैद फैसला
गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला...गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा...नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा
पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन्...एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु
कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित...देशैभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै
काठमाडौ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति...सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन...

प्रतिकृया लेख्नुहोस्:
- सर्वोच्चको न्यायधीश बन्न सुवेदी योग्य रहेको सर्वोच्च अदालतको फैसला
- कर्णाली प्रदेश सभाको सातौं अधिवेशन बैशाख ३ गते आव्हान गर्न प्रदेश मन्त्रिपरिषदको सिफारीस
- माधव नेपाललाई प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी ध्वस्त पार्न खोजे ठीक पार्छु
- संसदको सुरक्षाको लागि सरकारलाई समर्थन कायमै : सांसद बस्नेत
- राजनीतिक निकासको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदिप गिरी
- एमसीसीलाई तत्काल संसदको बहसको विषय बनाइयोस : खगराज अधिकारी
- मुलुक गम्भिर मोडमा पुगेको छ, कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन : शेखर कोइराला
- नेपालको राजनीतिक अवस्थाबाट चिन्तित नहुन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
- बुटवलमा सोमबार एकै दिन तीन जना कोरोना संक्रमितको मुत्यु
- विद्यालय बन्द गर्ने नगर्ने निर्णय लिने जिम्मा स्थानीय तहलाई दिन सरोकारवालाको सूझाव
- प्रदेश २ का माओवादी केन्द्रका चार सांसद बर्खास्त
- सत्ता समिकरणबारे जसपा आन्तरिक छलफलमा जुट्यो, आउला त निकास ?
- कांग्रेसको पदाधिकारी बैठक, सभापति देउवा र बरिष्ठ नेता नै अनुपस्थित !
- संसदीय व्यवस्था अलोकतान्त्रिक भयो, जनमत संग्रहबाट खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला
- नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर, हेलिकप्टरबाट आगो निभाउने प्रयास जारी