
कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री ओली

-
-
चैत २१ गते, २०७७ - १९:४०

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे ।
समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो । “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन । एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्”, उनले भने, “मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि लिँदैनन् । अनि राजीनामा माग्छन् । समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि ।”
संसद्को अङ्क गणित परिवर्तन गर्न ताजा जनादेश
प्रधानमन्त्री ओलीले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए । “कहिले देशको आवश्यकता र संसद्को गणित फरक पर्छ । कहिले कृत्रिम ढङ्गले केही मानिसले संसदीय गणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्”, उनले भने, “संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अङ्क गणितमा यदि अनुपयुक्त खेल भइरहेको छ भने त्यसले अनुपयुक्त आकार लिइरहेको छ । त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ । त्यस्तो अवस्थामा संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ । त्यो राजनीति हो ।”
प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकताअनुसार संसद्को अङ्क गणित बनाइनुपर्नेमा जोड दिए । उहाँले यदि संसदीय अङ्क गणितले देश, जनता र विकासको आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्ने जिकिर गरे । “संसद्लाई देशको आवश्यकताअनुसार अङ्कगणितीय बनावटमा लैजानुपर्दछ । संसदीय अङ्क गणितलाई भरसक मिलाउने प्रयास गर्नुपर्दछ” उनले भने, “यदि व्यवस्थापन भएनन् भने ताजा जनादेशमा जानुपर्दछ ।”
उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताए । प्रधानमन्त्रीले देशको आवश्यकतासँग अङ्क गणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूले संसद् विघटन गरेको प्रष्टीकरण दिए । “राष्ट्रिय आवश्यकतासँग अङ्क गणितले तादात्मयता राखेन, हामीले तादात्मयता राख्न कोसिस गर्यौ, भएन । तब ताजा जनादेशमा जानु पथ्र्यो”, उनले भने, “मेरो विचारमा फेरि पनि ढिलोचाँडो ताजा जनादेशबाट अहिलेको अङ्क गणितमा हेरफेर नगरी, अनुकूल अङ्क गणितबिना देश अगाडि जानै सक्दैन । त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ । देशको विकास र राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्ने खालको अंक गणित निर्माण गर्नुपर्दछ ।”
प्रधानमन्त्रीले विकास निर्माणका कामलाई अवरोध नगरी निरन्तर चालू राखे मात्र चाँडो विकास हुने बताए । आयोजनामा कुनै आर्थिक अनियमिता भए छानविन र काम पनि सँगसँगै लैजानुपर्ने उनको भनाइ थियो । “दोषी पाइए कारवाही गर्नुपर्दछ तर विकास निर्माणमा अवरोध भयो भने त्यसले बहुआयामिक क्षति पुर्याउँछ,” उनले भने । उनले विकास निर्माण सरकारको मात्र चाहना नभई सबैको सरोकारको विषय भएकाले कुनै विलम्ब नगरी सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
“विकास सरकारको मात्र चाहना होइन । विकास सबैको साझा सरोकारको विषय हो”, प्रधानमन्त्रीले भने, “एकपल्ट रोकिएपछि काम गर्ने मान्छेमा पनि उत्साह हुँदैन । आयोजना रोकिएपछि लम्बिन्छ । जसले गर्दा आयोजनाप्रति मानिसको विश्वास हराउँदै जान्छ ।” उहाँले विकास निर्माणको कुनै व्यवधान खडा नहुने गरी काम अगाडि बढाइनुपर्ने भन्दै उनले बीचमा त्यस्तो अवस्था आए छानविन गर्दै कामलाई अगाडि बढाइनुपर्नेमा जोड दिए ।
उनले संसदीय समितिले विकास निर्माणका कामलाई जथाभावी छानविन गर्ने र त्यसले विकास निर्माणमा असर पार्ने गरेको समेत बताए । “संसदीय समितिले अनियमियता भएको विकास निर्माणको काम रोक्ने होइन छानविन गर्नुपर्ने पर्दछ । एउटा समितिले छानविन गर्छ अर्को पनि त्यही गर्छ । एउटा अर्बौको आयोजना रोकेर फेरि गर्दा त्यसले पार्ने असर हेर्नुपर्दछ”, उनले भने, “त्यसैले हामीले विकास निर्माणका काममा कुनै प्रतिकूल असर पर्न दिनु हुँदैन ।”
प्रधानमन्त्री ओलीले सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने योजनामा सरकार रहेकोसमेत जानकारी गराए । साना तथा ठूला उद्योग स्थापना गर्दा वातावरणीय मूल्याङ्कन गर्नुपर्ने झमेला रहेको र त्यसले आयोजनालाई पछि धकेल्ने भएकाले वातावरणीय मूल्याङ्कनका नाममा आयोजनालाई पछि नधकेल्ने गरि काम गर्नुपर्ने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल
झापा । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...यी सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण
काठमाडौ । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा...बस र टिपर ठोकिँदा पाँच जनाको मृत्यु, ४१ घाइते
राँझा । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु...फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु
पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ
वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने
काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो
गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै
भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...

प्रतिकृया लेख्नुहोस्:
- प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल
- कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने
- एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्न मलाई विश्वसको मत दिनोस : मुख्यमन्त्री शाही
- सर्वोच्च अदालतका प्रस्तावित न्यायधीशलाई सांसदहरुको प्रश्नः अदालतमा बेन्च सेटिङ हुन्छ कि हुदैन ?
- हाम्रो आन्तरिक मामिलामा चासो देखाएर सम्बन्ध नबिगार्नोस : यमलाल कंडेल
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, कोरोना महामारीबारे छलफल हुने
- शिक्षा मन्त्रालयको आग्रहः स्वास्थ्य मामदण्डमा ध्यान दिइ सिफ्टमा विद्यालय सञ्चालन गर्नु
- मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने एमाले कर्णाली संसदीय दलको निर्णय
- प्रधानमन्त्री ओली राष्ट्रहित विपरित गतिविधिमा लागेका छन् : अध्यक्ष प्रचण्ड
- वाग्मती प्रदेश एमालेद्वारा १५ सदस्यीय संसदीय बोर्ड गठन, प्रमुख सचेतकमा केशव पाण्डे
- कर्णाली प्रदेश कांग्रेस अझै अनिर्णित, संसदीय दलको बैठक विनानिष्कर्ष सकियो
- कोरोना संक्रमित देखिएको विद्यालय एक हप्ता बन्द गर्ने काठमाडौ महानगरपालिकाको निर्णय
- पछिल्लो एक सातामा ३०० बालबालिकामा कोरोना संक्रमित, पठनपाठन ठप्प
- कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिदै, विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने
- भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर