Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वडाको सक्रियतामा वाग्मती सफाइ

काठमाडौँ । हप्ताको दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको वाग्मती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ ।

वाग्मती सफाइ महाअभियानको ४१२ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका–११ स्थित रुद्रमती दोभानमा सफाइ गरिएको छ । वडा कार्यालयसमेतको सक्रियतामा विगत तीन हप्तादेखि वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ भइरहेको छ । सफाइमा वडाका जनप्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासीकोसमेत सहभागिता थियो ।

यसअघि नै वडाध्यक्ष हीरालाल तण्डुकार र वाग्मती सफाइ महाअभियानबीच वडा नं ११ को नदी किनारको सफाइ नेतृत्व वडा कार्यालयले नै गर्ने सहमति भएको थियो । सहमतिअनुसार वडा कार्यालयको नेतृत्वमा सफाइ शुरु भएको महाअभियानले जनाएको छ ।

यस क्षेत्रको नदीमा एस्काभेटरसमेत प्रयोग गरेर सफाइ गरिएको अघिका सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको पनि सक्रियता थियो ।

सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौड्याल, नेपालका लागि युरोपियन युनियनका राजदूत श्रीमती भेरोनिका कोडे, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख रवीन्द्र बोहरालगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो । सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

विष्णुमती माथिल्लो भेग सफाइको ३१ औँ हप्ता खानेपानी मुहान क्षेत्रमा सफाइ गरिएको संयोजक रामकुमार श्रेष्ठले बताउनुभयो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्पको त्रास, कोरोनाको डरजस्ता प्रतिकूल अवस्थामा पनि निरन्तर जारी रहेको छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीहरु रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ भइरहेको छ । उपत्यकामा चक्रपथको उत्तर र पश्चिमी खण्ड सफाइलेसमेत निरन्तरता पाएको छ । वाग्मतीको गुह्येश्वरीमाथिको खण्ड, तिलगङ्गा, सुन्दरीघाट जस्ता क्षेत्रमा पनि सफाइ अभियान जारी छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिर प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies