
तोरीको उत्पादन बृद्धि हुँदा कैलालीका किसानहरु मख्ख

-
-
चैत २० गते, २०७७ - १३:४६

कैलाली । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढे पछि किसानहरु खुशी भएका छन् । औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । गत वर्ष प्रतिहेक्टर छ क्विन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १२ क्विन्टलसम्म उत्पादन भएको ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले बताए । ‘गत वर्ष तोरीखेती भएको हिउँदे मौसममा अधिक वर्षा हँुदा तोरीसँगै अन्य बालीको उत्पादनमा कमी आएको थियो,’ उनले भने, ‘यस वर्ष मौसम अनुकूल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।’
कैलालीमा २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको छ । मल र सिँचाइको उपलब्धताले तोरीको उत्पादनमा भरपर्ने भएकाले यस वर्ष करीब २० हजार टन उत्पादन भएको केन्द्र प्रमुख शर्माको भनाइ छ । ‘तोरीखेतीको उत्पादकत्व बढाउनका लागि नयाँ प्रविधि, उन्नत जातको बीउको प्रयोगलेसमेत प्रभाव पार्ने गर्दछ’, उनले भने, ‘पछिल्लो समय किसानसमेत बीउ, मल र प्रविधि प्रयोगका सवालमा सचेत बन्न थालेका छन् ।’
किसानले लगाउने बालीको उत्पादन हरेक वर्ष घटबढ हुने गरेको हुन्छ । मौसम अनुकूलता, सिँचाइ व्यवस्थापन, मल, बीउलगायतमा तालमेल मिलेमा उत्पादन बढी लिन सकिने कृषि विज्ञको सुझाव छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को माधव नेपाल समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले...१७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु
काठमाडौं । काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा...संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक,...जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने
काठमाडौं । उपत्यकामा कोरोना भाइरको बढ्दो सुरक्षा जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन...कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट
काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान...सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो
काठमाडौं । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेर नेकपा माओवादी केन्द्रको स्थायी कमिटी...माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी
काठमाडौं । अनुशासन उल्लघंन गरेको आरोपमा पार्टीले आफुसहित ३२ जना सांसदलाई पार्टीले स्पष्टिकरण पत्र...अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन
काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७...पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !
काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भइ भर्खर नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह...एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)
काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय...

प्रतिकृया लेख्नुहोस्:
- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न
- जापानले पाँच मिनेटमै काेराेना सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
- कोरोनाविरुद्धको दोस्रो खोप मंगलबारबाट लगाउन शुरु, झण्डै साढे चार लाख जना लाभान्वित हुने
- वर्षात्ले सामुदायिक वनको डढेलो निभाउँदै, स्थानीयवासी खुशी
- १० अर्बको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना, छिट्टै आईपीओ निष्काशन हुने