Khabar Dabali Logo
  April 15, Thu

बिस्केट जात्राको तयारी : तान्त्रिक विधिअनुसार भैरवनाथको रथ निर्माणमा जुटे स्थानीय

भक्तपुर । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी थालिएको छ। नयाँ वर्षको अवसर पारी भक्तपुरवासीले तान्त्रिक विधिअनुसार नौ दिन आठ रातसम्म यो जात्रा मनाउने गर्छन्।

जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य सुरु भएको हो। तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाएने करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माणमा स्थानीय जुटेका छन्।

त्यसका लागि एक महिना अघिनै आवश्यक काठ जुटाएर रथको आकार दिने गरिन्छ । जसमा कासी, बेलासी, चिलाउने जातका काठबाट प्रयोग गरिन्छ ।

लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा नयाँ वर्षको चार दिनअगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख पक्ष हो। मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ।

रथ बनाउँदा ६ वाइ ६ को २२ फिट लामो सालको ४ वटा गल प्रयोग गरिन्छ । यस्तै मोटा मोटा ट्वाकलहरु प्रयोग गरिन्छ । त्यसले रथ हल्लिदा पनि भाँचिन दिँदैन । लिच्छवीकालदेखि जुन काठ रथ बनाउँदा प्रयोग गरिन्थ्यो अहिलेसम्म पनि त्यही काठ प्रयोग गरिदै आएको छ ।

जात्रा हेर्न बिहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौ, काभ्रे, बनेपा र सिन्धुपाल्चोकदेखि मानिसहरू भक्तपुर आइपुग्छन्।

जात्राको पहिलो दिन रथमा खड्ग, तरबार र निशान राखेर विशेष पुजारीद्वारा पूजाआजा गरिसकेपछि रथ तानेर जात्रा सुरु गरिन्छ ।

चैत २० गते, २०७७ - ११:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...   

उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु

पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...   

आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ

वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...   

काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...   

यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो

गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...   
चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...   
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top