
यसकारण योगप्रति आकर्षण बढ्दो

-
-
चैत २० गते, २०७७ - ११:१४

म्याग्दी । म्याग्दीका सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यासमा आकर्षण बढेको हो ।
जिल्ला सदरमुकाम बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिकरूपमा योग अभ्यास गर्छन् । व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि नियमित योग गर्ने गरेको बेनीको कालीपुलका व्यापारी तप्तबहादुर भण्डारीले बताए । “दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, उनले भने, “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” उनले विगत पाँच वर्षदेखि नियमित योगाभ्यास गर्दै आएका छन् ।
बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटकी रेणु शाक्यले अपच हुने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाए । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उनले भने “रक्तचाप व्यवस्थापन र रुघा लागिरहने समस्या निको भयो ।” जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नवीन आनन्द योग केन्द्रलगायत निकाय र सङ्घ संस्थाले म्याग्दीमा योग प्रशिक्षण सञ्चालन गरेका छन् ।
बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँटलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागि भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक टीकाबहादुर जुग्जालीले बताए । “गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ”, उनले भने, “आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।”
योगले मानिसको शरीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जुग्जालीले बताए । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव भएको हो । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताए ।
“बेनी नगरपालिका–८ हिलसाइडमा योग साधना भवन निर्माणका लागि तीन वर्षअघि छ आना जग्गा व्यवस्थापन गरेका थियौँ”, उनले भने, “बजेट र आर्थिक स्रोतको अभावमा भवन निर्माण गर्न सकेका छैनौँ ।” बेनीको क्याम्पसचोकका नारायण श्रेष्ठ र अम्बिका श्रेष्ठले तीन आना जग्गा निःशुल्क उपलब्ध गराए थिए । तीन आना जग्गा खरिद गरिएको थियो ।
बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योगको प्रवद्र्धनका लागि भवन निर्माणका लागि प्रदेश सरकारसँग पहल गरेको बताए । जिल्ला समन्वय समितिको सभाहलको छतमा ट्रस राखेर योग साधनास्थल बनाउन छलफल चलाएको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु
पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ
वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने
काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो
गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै
भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने
काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै
तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...

प्रतिकृया लेख्नुहोस्:
- जङ्गल सफारीका लागि राखिएका निजी हात्ती विस्थापित हुँदै
- खोलामा डुबेर दुईको किशोरीको मृत्यु
- नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग
- मुलुकको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्ति आवश्यक छ : अध्यक्ष कमल थापा
- कोरोना संक्रमितको संख्या ६०० नाग्यो, काठमाडौंमा मात्रै २५४ जना संक्रमित