
सामाजिक सञ्जाल बहस : कसले के भने ?

-
-
चैत १९ गते, २०७७ - १७:४०

काठमाडौं । एक दशक अघिसम्म प्रिन्ट मिडिया र रेडियो फ्रिक्वन्सीको जगजगी रहेको अवस्था थियो । पाठक स्रोताले यसकै आधारमा आफ्नो धारणा बनउँथे । अहिले विश्वव्यापीरुपमा प्रविधि र इन्टरनेटमा आएको आमुल परिर्वनले सूचनाको घेरालाई व्यापक बनाइदिएको छ ।
कागजी युगबाट अहिले डिजिटल प्लेटफर्ममार्फत आम पाठक–स्रोता–दर्शकले आफ्ना धारणा र दृष्टिकोण तय गर्ने गरेका छन् । प्रविधिको विकाससंगै नेपालमा लोकप्रिय बन्दै गएको अनलाइन पोर्टल, फेसबुक, ट्वीटर, इस्टाग्राम, टिकटक, युटुब जस्ता सामाजिक साइट जीवनकै एउटा पाटो बन्न गएको छ ।
आम जनताको सूचनाको मुख्य स्रोत नै आजकल यी नै सामाजिक साइट भएको छ । विभिन्न साइटमा गएर सर्च गर्नुपर्ने झन्जटबाट मुक्त दिलाउने काम आज फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालले एउटै प्लेटफर्ममा उपलब्ध गराउँने हुँदा दिनप्रतिदिन यसको लोकप्रियता बढ्दै गएको छ ।
छिनछिनमा तरङ्गित भइरहेको नेपालको घटनाक्रामबारे सामजिक सञ्जालमार्फत बिहिबार दिनभर कसले के अभिव्यक्त गरे भन्नेबारे बहस प्रस्तुत गर्नु वाञ्छनिय देखिन्छ….।
डाक्टर बाबुराम भट्टराई
सामाजिक सञ्जाल ट्वीटरमा प्राय छाइराख्ने जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीतर्फ इंगित गर्दै जनता समाजवादी पार्टीले ओलीतन्त्रको घाँस नखाने टिप्पणी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति कटु आलोचक बन्दै आएका उनी रेशम चौधरीलाई रिहाइ गर्दैमा जसपाले ओलीतन्त्रको घाँस खान नजाने बताएका छन् ।
रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!
— Baburam Bhattarai (@brb1954) April 1, 2021
घनश्याम भुसाल
प्रधानमन्त्री ओलीद्वारा बिहिबार ६ महिना पार्टीबाट निलम्बनमा परेका नेता घनश्याम भुसालले ओलीको असिमित सत्ताभोगी अमृत तृष्णाले बामपन्थी आन्दोलन र लोकतन्त्रलाई बर्बादी बनाएकोले जनतासंग आफुले माफि माग्ने बताएका छन् ।
असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । +
— Ghanashyam Bhusal (@gsbhusal) April 1, 2021
योगेश भट्टराई
एमालेका अर्का नेता योगेश भट्टराईले घनश्याम लगायत नेताहरुलाई ओलीले कारवाही गरेकोमा तिब्र असन्तुष्टि व्यक्त गरेका छन् । समामाजिक सञ्जालमार्फत उनले तपोभूमि, ॠषिमुनीको देशमा विद्वान र इमान्दारमाथि कारवाही हुने टिप्पणी गरेका छन् ।
ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन ।
— Yogesh Bhattarai (@yogesbhattarai) April 1, 2021
कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने
काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै
तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...बलात्कारीलाई सात वर्ष कैद फैसला
गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला...गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा...नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा
पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन्...एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु
कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित...देशैभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै
काठमाडौ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति...सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन...

प्रतिकृया लेख्नुहोस्:
- सर्वोच्चको न्यायधीश बन्न सुवेदी योग्य रहेको सर्वोच्च अदालतको फैसला
- कर्णाली प्रदेश सभाको सातौं अधिवेशन बैशाख ३ गते आव्हान गर्न प्रदेश मन्त्रिपरिषदको सिफारीस
- माधव नेपाललाई प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी ध्वस्त पार्न खोजे ठीक पार्छु
- संसदको सुरक्षाको लागि सरकारलाई समर्थन कायमै : सांसद बस्नेत
- राजनीतिक निकासको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदिप गिरी
- एमसीसीलाई तत्काल संसदको बहसको विषय बनाइयोस : खगराज अधिकारी
- मुलुक गम्भिर मोडमा पुगेको छ, कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन : शेखर कोइराला
- नेपालको राजनीतिक अवस्थाबाट चिन्तित नहुन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
- बुटवलमा सोमबार एकै दिन तीन जना कोरोना संक्रमितको मुत्यु
- विद्यालय बन्द गर्ने नगर्ने निर्णय लिने जिम्मा स्थानीय तहलाई दिन सरोकारवालाको सूझाव
- प्रदेश २ का माओवादी केन्द्रका चार सांसद बर्खास्त
- सत्ता समिकरणबारे जसपा आन्तरिक छलफलमा जुट्यो, आउला त निकास ?
- कांग्रेसको पदाधिकारी बैठक, सभापति देउवा र बरिष्ठ नेता नै अनुपस्थित !
- संसदीय व्यवस्था अलोकतान्त्रिक भयो, जनमत संग्रहबाट खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला
- नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर, हेलिकप्टरबाट आगो निभाउने प्रयास जारी