Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दाङमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै

देउखुरी । यही चैत २० गतेदेखि दाङका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ । दश वर्षदेखि निरन्तर खुवाउँदै आएको सो रोगविरुद्धका औषधि ११औँ पटक खुवाइँदै छ । राष्ट्रिय हात्तीपाइले कार्यक्रम सर्भेको प्रारम्भिक तथ्यााङ्क अनुसार जिल्लाका विभिन्न पालिकाका ५४२ मा गरिएको नमूना परीक्षणमा ६.२२ प्रतिशत अर्थात १५८ यो रोगको सङ्क्रमण देखिएको छ ।

हात्तीपाइले रोग रेशा जस्ता कीटाणुको सङ्क्रमणबाट लाग्ने गर्दछ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी ¥याल ग्रन्थी लिम्फ नोडमा हुन्छ । राप्ती गाउँपालिकाका ३३ हजार २९३ लाई औषधि खुवाइ ३२२ मा कीटाणुको सङ्क्रमण जाँच गर्दा ९ प्रतिशत अर्थात २३ मा हात्तीपाइले रोगका कीटाणु देखिएकाले यसलाई न्यून गर्न सरोकारवालाबीच छलफल गरिएको हो ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नारायण राउतले विगत वर्ष जस्तै यस वर्ष पनि नागरिकलाई हात्तीपाइले रोगबाट बचाउन औषधि खुवाउन थालिएको जानकारी दिए । क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग शरीर कुनै एक भाग वा अङ्गमा लाग्ने र त्यो अङ्ग सुनिँदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ

“लामखुट्टेको टोकाइबाट सर्ने रोग विभिन्न खालका छन् तर पनि हात्तीपाइले रोग नसर्ने रोग हो, यसले मानिसको तुरुन्तै मृत्यु हुँदैन,”उनले भने, “यस रोगले भेटेपछि उपचार नहुने भएकाले मानिसलाई जीवनभर भद्दा शरीर लिएर बाँच्नुपर्ने बनाउँछ । ”लामखुट्टेले रातको समयमा रोगीलाई टोक्दा रगतसँगै सुक्ष्म फाइलेरिया यसको पेटमा जान्छ । लामखुट्टेको पेटमा विकसित भएर यो परजीवी मुखको ¥याल ग्रन्थीमा जम्मा हुन्छ ।”

विगत १० वर्षदेखि जिल्लामा निरन्तररुपमा औषधि खुवाउने अभियान सञ्चालन भए पनि सङ्क्रमण दर ६ प्रतिशतभन्दा माथि रहेको छ । जिल्लाभरको आठ ठाउँमा दुई हजार ५४२ मा गरिएको नमूना परीक्षणमा १५८ अर्थात ६ दशमलब २२ प्रतिशतमा सङ्क्रमण देखिन आएको हो । नमूना परीक्षणका ठाउँमध्ये गढवा गाउँपालिका सबैभन्दा जोखिममा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गढवामा ३३० मा गरिएको परीक्षणमा ६२ मा सङ्क्रमण देखिएको हो ।

राप्तीको सिसहनियामा ३२२ मा गरिएको परीक्षणमा २९, घोराही उपमहानगरपालिका वडा १० नारायणपुरमा ३३३ को नमूना सङ्कलन गरिएकोमा १२ मा सङ्क्रमण देखिएको छ । लमही नगरपालिकामा ३०७ मा गरिएको परीक्षणमा १६ सङ्क्रमित फेला परेका छन् । दुई प्रतिशतभन्दा कम सङ्क्रमित भएमा सङ्क्रमितमुक्त हुने भए पनि जिल्लामा त्यो हुन नसकेको स्वास्थ्यकार्यालयका फेकल पर्सन कमल चन्दले जानकारी दिए ।

औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी, सिकिस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण देखिनेमा यी अवस्था भन्दा बाहिरका रहेका छन् । साथै खाली पेटमा औषधि नखानसमेत आग्रह गरिएको छ ।

शरीरमा हात्तीपाइले रोगको जिवाणु रहेका व्यक्तिले औषधि सेवन पश्चात् सामान्य केही लक्षण देखिने हुँदा नआत्तिन पनि आग्रह गरिएको छ । नेपालमा सन् २०१२ बाट हात्तीपाइले विरुद्धको औषधि खुवाउन शुरु गरिएको हो । देशभर कूल ६३ जिल्लामा हात्तीपाइलेको प्रभाव देखिएकोमा दाङमा जोखिम कायमै रहेको छ ।

जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि निरन्तर खुवाउने अभियान सञ्चालन भए पनि जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन भए पनि सङ्क्रमित दरमा कमी हुनसकेको छैन । यही २० गतेदेखि ११ औँ पटक औषधि खुवाउनुपर्ने अवस्था आएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

हात्तीपाइले रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग लागेको ६ देखि १० वर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोगलाग्नु भन्दा अघि नै औषधि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
भारतीय उपमहाद्वीपको धेरै पुरानो रोग हो । यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीवी करीब छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छ । यो परजीवी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता सामान्य असर देखापर्न सक्ने छलफलमा जानकारी गराइएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies