
खिचापोखरीस्थित आइएमई लुटपाट गर्ने समूह पक्राउ

-
-
चैत १९ गते, २०७७ - १४:५६

काठमाडौँ । काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो ।
प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित व्यक्तिले धारिलो हतियार देखाई कर्मचारी दीपक मल्ललाई बाँधी रु छ लाख बराबरको नगद लुटपाट गरी भागेको भन्ने जानकारी आएको र सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र बृत्त जनसेवाबाट टोली परिचालन गरी लुटपाटमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा गए राति १० बजे उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
अभियुक्तबाट रु ५९ हजार नगद र उनीहरुकै सूचनाका आधारमा आज बिहान काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने मञ्जु पुटुवारलाई राख्न दिइएको अवस्थामा नगद रु ७५ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुले लुटेको रकममध्येबाट लत्ताकपडा, जुत्ता, झोला खरिद गरी रेष्टुरेन्टमा खर्च गरेको फेला परेको छ । अभियुक्तहरु लागुऔषध सेवनकर्ता रहेको र उनीहरुको साथमा लागुऔषध प्रयोगमा संलग्न अन्य तीन व्यक्तिसमेत पक्राउ परेका छन् । थप पक्राउ पर्नेमा रोल्पा लिवाङ घर भई धापासी बस्ने प्रशन्न हमाल ठकुरी, सोही ठाउँका सफल आचार्य र रुपन्देहीका मिलन ढकाल रहेका छन् । पक्राउ परेकालाई आवश्यक कानूनी कारवाही शुरु भएको र उनीहरुको साथबाट गाँजालगायत अन्य लागुऔषधसमेत बरामद गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेदरल्याण्डसँग ३ विकेटले पराजित नेपाल
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा नेपालले नेदरल्याण्डसँगको दोस्रो खेल गुमाएको...भारतीय कंग्रेस नेता राहुल गान्धीलाई कोभिड–१९ संक्रमण पुष्टि
नयाँ दिल्ली । भारतीय कंग्रेसका प्रसिद्ध नेता राहुल गान्धीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। गान्धीले...ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सप्तरी । शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित सडकमा को.१ ख ७०५२ नम्बरको ट्याङ्करले बा.९२ प ४७०२ नम्बरको...कोरोना सङ्क्रमणबाट ग्रसित ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५...कपडामा आगो सल्किँदा एक वर्षीय बालिकाको मृत्यु, आमा पुनम गम्भीर घाइते
दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते...नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि...नेता माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको...३० वर्षे सेवावधि पूरा गरेका वन तथा वातावरण सचिव डा. ओलीको बिदाइ
काठमाडौँ । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव...उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” (बिआरआई) सहयोगमा अन्य पक्षसँगको...प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा
बलेवा । दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक रु ८५० आउँछ । न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले...

प्रतिकृया लेख्नुहोस्:
- ३० वर्षे सेवावधि पूरा गरेका वन तथा वातावरण सचिव डा. ओलीको बिदाइ
- राप्रपाको महाधिवेशनको मिति सर्यो
- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न
- जापानले पाँच मिनेटमै काेराेना सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
- कोरोनाविरुद्धको दोस्रो खोप मंगलबारबाट लगाउन शुरु, झण्डै साढे चार लाख जना लाभान्वित हुने