
लालपुर्जा पाएपछि घरवासी दङ्ग

-
-
चैत १९ गते, २०७७ - ११:१८

महात्तरी । कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएर दङ्ग भएका हुन् ।
“लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छौँ”, बुधबार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको जग्गाधनी प्रमाणपुर्जा देखाउँदै मटिहानी–१ का ७० वर्षीय बिल्टु मण्डलले भने, “अब आफ्नै जग्गामा घर छ भन्नेमा ढुक्क भएका छौँ ।” नापी कार्यालय महोत्तरीले एक दशकअघि नापी गरिएको सिरसिया र धिरापुर बस्तीका गाउँब्लकभित्रका १६३ घरधुरी धनीलाई बुधबार जग्गाधनी प्रमाणपुर्जा प्रदान गरेपछि यी दुवै बस्तीमा खुशी छाएको हो ।
नापी कार्यालय महोत्तरीले जगाधनी प्रमाणपुर्जामा घरधनी मूलीको निधन भए पत्नीका नाउँमा र दुवै (पति÷पत्नी) जीवित भए दुवैको संयुक्त नाउँ उल्लेख गरेपछि महिलामा पनि घरजग्गाको स्वामित्व स्थापित भएको छ । यसले महिलामा आत्म गौरव बढाएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
नापी कार्यालय महोत्तरीले चालु आर्थिक वर्ष २०७७÷०७८ को हालसम्मको अवधिमा यसअघिका लक्ष्मीनियाँ, बलवा गाविसमा घरवासीलाई गाउँब्लकको जग्गाधनी प्रमाणपुर्जा वितरण गरी सकेको छ । पछिल्लोपटक धिरापुरसहित जम्मा ९०० जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख राकेशकुमार झा ‘रसिक’ ले जानकारी दिए । कार्यालयले जारी चैत महिनाभित्रै यसअघिका किसाननगर, पशुपतिनगर र मनरा गाविसका गाउँब्लकभित्रको जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने जनाएको छ ।
साविक गाउँब्लकका जग्गा नाप गरी जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्न एक दशकअघि नै नापी टोली खटाई घरजग्गा नाप गरिएको थियो । लामो समयसम्म वितरण हुन नसकेको जग्गाधनी प्रमाणपुर्जा कार्यालयले क्रमशः वितरण गर्दै लगेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
इच्छाकामनाको चनौटेदेखि ढुङ्ग्रेसम्म साढे २०० घरधुरीमा विद्युतीकरण
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण...योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी
पोखरा । कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन...गलकोटस्थित विद्यालयलाई जुट्यो ५० लाख सहयोग
बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग (कोषवृद्धि)’...पूर्व स्वास्थ्य मन्त्री सुवालको निधन
काठमाडौँ । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा...मानव बेचबिखन आरोपमा ४० वर्षीय कुमार पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको...स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र...गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई तीन हजार दिने व्यवस्था
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको...माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : सभापति देउवा
गोदावरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई...कोरोना कहर : भारतबाट फर्किनेको लर्को, जाने घटे
राँझा । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को...बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सम्बन्धित पक्षलाई आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको...

प्रतिकृया लेख्नुहोस्:
- कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ
- स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना
- माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : सभापति देउवा
- बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सम्बन्धित पक्षलाई आयोगको आग्रह
- कोरोना संक्रमणबाट पर्सामा एक महिलाको मृत्यु