
माओवादी केन्द्रको पुनरावलोकन निवेदनमाथि आज निर्णय हुँदै

-
खबरडबली संवाददाता
-
चैत १९ गते, २०७७ - १०:१५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको नेकपा विवादबारे मुद्धा अघि बढाउने नबढाउनेबारे आज सर्वोच्व अदालतले निर्णय गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मुद्दा आफ्नै इजलासमा राखेर सुनुवाइ गर्न लागेका छन्।
सर्वोच्च अदालतका अनुसार प्रचण्डको पुनरावलोकन मुद्दामा आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दैछ।
आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सर्वोच्व अदालतको फैसलाले पुरानै अवस्थामा फर्काइदिएको थियो । सो फैसला मागदावीभन्दा बाहिर गएर गरिएको भन्दै पुनस्थापित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको निवेदन अघि बढाउने वा नबढाउनेबारे आज निस्सा प्रदान गर्ने नगर्ने निर्णय गर्न लागेको हो ।
एमाले–माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ओलीले स्पष्टीकरण सोधेका ३२ सांसद कोको हुन् ? हेर्नुहोस् नामावली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाल सहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्...माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी, सरकारको समर्थनबारे भोलीको निर्णय के हुन्छ ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर...हरिद्वारबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने गृहकार्य भइरहेको बेला...राजस्थानविरुद्ध चेन्नईको शानदार जित
काठमाडौं । १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ४५ रनले...०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...

प्रतिकृया लेख्नुहोस्:
- जापानले पाँच मिनेटमै काेराेना सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
- कोरोनाविरुद्धको दोस्रो खोप मंगलबारबाट लगाउन शुरु, झण्डै साढे चार लाख जना लाभान्वित हुने
- १० अर्बको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना, छिट्टै आईपीओ निष्काशन हुने
- राजस्थानविरुद्ध चेन्नईको शानदार जित
- संसद् अधिवेशन अप्रत्याशित अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति