Khabar Dabali Logo
  April 15, Thu

घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी पुरस्कृत

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो ।

पछिल्लो एक महिनाको अवधिमा नियम उल्लङ्घन गरे कारवाहीबाट बच्न घुस दिन खोज्ने झण्डै १५० चालकलाई पक्राउ गरी कारवाही गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ । विगतमा प्रहरीलाई आर्थिक अनियमिततामा संलग्न हुन्छन् भन्ने आरोप आउने गरेकाले त्यसलाई चिर्नका लागि घुस फिर्ता अभियान चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उनका अनुसार घुस फिता गरेर कारवाही हुने क्रम भने बढ्दै गएको छ ।

लागुऔषधसहित पक्राउ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई हजार १०० ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित रामेछाप सालदेउराली गाउँपलिका–१ बस्ने १९ वर्षीय विशाल कार्कीलाई आज प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित चेक प्वाइन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले महोत्तरी जलेश्वरबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ८३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कार्कीलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चैत १८ गते, २०७७ - २०:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...   

उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु

पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...   

आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ

वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...   

काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...   

यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो

गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...   
चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...   
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top