Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँ : प्रविधिमन्त्री श्रेष्ठ

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन् ।

नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औँ पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत एकजुट भएर अघि बढ्न जरुरी भएको बताए ।

उनले भने, “सम्पूर्ण मुलुकवासीको मुहारमा खुशी र हासो देख्नका लागि हामी एकजुट भएर अघि बढ्न जरुरी छ । विसं २०४६ चैत १८ गते पाटन क्षेत्रलाई तत्कालीन शासकबाट मुक्त गर्ने क्रममा शहीद भएका चार सपुतले छाडेर गएका अधुरा सपनालाई पूरा गर्न हामी लागि पर्नेछौँ ।” तत्कालिन समयमा ललितपुरका जनताले निरङ्कुश शासन विरुद्ध गरेको त्याग र बलिदानको आफूहरुले सदैव कदर गर्दै अघि बढ्ने उनको भनाइ थियो ।

नेकपा एमाले ललितपुरका जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले २०४६ साल चैत १८ गते पाटनका जनताले पञ्चायती शासनलाई घुँडा टेकाउन सफल भइ आजको दिनमा आइपुग्न पाएको बताए । नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिव पुरुषोत्तम आचार्यले शहीदका कारण मुलुकमा परिवर्तन सम्भव भएकाले उनीहरुको परिवारलाईसमेत सुखदुखमा साथ दिँदै अघि बढ्न ध्यान दिइने बताए ।

यसैबीच मन्त्री श्रेष्ठले ललितपुर महानगरपालिका–१३ नख्खु दोबाटो गई २०३१ साल असोज १३ गते जेल सार्ने क्रममा तत्कालीन सरकारले गोली हानी हत्या गरेका चार योद्धा ठगीराज दाहाल, लीलानाथ दाहाल, खगेन्द्रराज दाहाल र गोकर्णबहादुर कार्कीको सालिकमा माल्यार्पण गरेका थिए ।

सो कार्यक्रममा संविधानसभा सदस्य सुशीला नेपाल, ललितपुर क्षेत्र नं १ सांसद नवराज सिलवाल, प्रदेशसभा सदस्य चेतनाथ सञ्जेललगायतको उपस्थिति थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies