
नेप्सेमा ३२ अङ्कको सुधार

-
-
चैत १७ गते, २०७७ - २०:१५

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३२.१५ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा सुधार आएर दुई हजार ५७५.६६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१९ ले उकालो लागेर ४५६.१० मा पुगेको छ ।
कूल २०९ कम्पनीको एक करोड २२ लाख नौ हजार ९२६ कित्ता शेयर रु ६ अर्ब १८ करोड ५६ लाख ५८ हजार ४९८ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपश्चात बजार पूँजीकरण रु ३५ खर्ब ५७ अर्ब ११ करोड १२ लाख ५० हजारको हाराहारीमा पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ ।
व्यापार २९.७ र उत्पादन ०.२२ ले ओरालो लागेको छ । बैंकिङ ८.६८, होटल र पर्यटन ११२.९, विकास बैंक ७.७९, जलविद्युत् ९५.९८, वित्त २.३३, निर्जीवन बीमा ३९८.३२, अन्य १०.५१, लघुवित्त १४९.६८, जीवन बीमा १८६.०८, सामूहिक लगानी कोष ०.१८ र लगानी ०.३७ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४८ करोड ९४ हजार २७१ बराबरको कारोवार भयो ।
यस्तै निर्धन उत्थान लघुवित्त रु ४३ करोड ६९ लाख २७ हजार ९९९, एनएलजी इन्स्युरेन्स रु ३३ करोड १६ लाख ५० हजार ७०३, माथिल्लो तामाकोशी रु २८ करोड ९७ लाख १७ हजार ९३५, एचआइडिसिएल रु २८ करोड १६ लाख, चन्द्रागिरि हिल्स रु १६ करोड २३ लाख १३ हजार ७५५, छिमेक लघुवित्त विकास बैंक रु १५ करोड ३० लाख ३९ हजार ८१२, नबिल बैंक रु ११ करोड ९८ लाख २२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स रु ११ करोड ६० लाख र आइएमई जनरल इन्स्योरेन्स रु ११ करोड ४८ लाख २८ हजार २४५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
त्यस्तै कारोवारका आधारमा बोमी लघुवित्तका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । सानिमा जनरल इन्स्योरेन्स ९.९७, जनरल इन्स्योरेन्स ९.९४, अजोड इन्स्योरेन्स ९.९२, समिट लघुवित्त वित्तीय संस्था ९.५६, स्वाभिमान लघुवित्त ९.४७, प्रभु लाइफ इन्स्योरेन्स ८.६१, माथिल्लो तामाकोशी ८.३८, एचआइसिएल ८ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ७.९१ प्रतिशतले कमाए ।
युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.३३, नेपाल पूर्वाधार बैंक २.३१, एनआइसि एशियाको ऋणपत्र १.९८, रिडी हाइड्रोपावर १.९१, पाँचथर पावर कम्पनी १.७५, गुडविल फाइनान्स १.५६, प्रोगेसिभ फाइनान्स १.२५ र तारागाँउ रिजेन्सी होटलका शेयरधनीले १.२३ प्रतिशतले गुमाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
संसद् अधिवेशन अप्रत्याशित अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात्...भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मेचेको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय ट्रकको ठक्करबाट साइकल...पार्टी विरोधी गतिविधि गर्ने थप आठ जना नेतालाई स्पष्टीकरण
काठमाडौँ । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी...अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन : प्रवक्ता गुरुङ
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई...कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु
राँझा । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा...बोक्सीको आरोपमा मुस्लिम महिलामाथि निर्घात कुटपिट
जलेश्वर । बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा...माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक...कोरोना महामारी फैलियो, सावधानी छैन
चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ...धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण
धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट...राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र...

प्रतिकृया लेख्नुहोस्:
- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न
- जापानले पाँच मिनेटमै काेराेना सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
- कोरोनाविरुद्धको दोस्रो खोप मंगलबारबाट लगाउन शुरु, झण्डै साढे चार लाख जना लाभान्वित हुने
- १० अर्बको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना, छिट्टै आईपीओ निष्काशन हुने
- राजस्थानविरुद्ध चेन्नईको शानदार जित