Khabar Dabali Logo
  April 19, Mon

अर्घाखाँचीमा माधव समूहका तीन जना नेता पार्टीबाट निष्कासित

बुटवल । नेकपा एमालेले समानान्तर कमिटी खडा गरी पार्टीहित विपरीत विभाजनकारी गतिविधिमा संलग्न भएको आरोपमा माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो ।

जिल्ला कार्यालय सन्धिखर्कमा सोमबार बसेको बैठकले पार्टी हित विपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै तीनै जनालाई पार्टीको संगठित सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एमाले अर्घाखांची अध्यक्ष चेतनारायण आचार्यले बताए ।

चौहान एमालेका तत्कालीन जिल्ला सचिव थिए । पार्टीविरोधि गतिविधिमा संलग्न अन्यलाई स्पष्टिकरण सोधिने जिल्ला अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

शनिबार मात्रै चौहानको नेतृत्वमा ७० सदस्यीय समानान्तर कमिटी घोषणा भएको थियो । पार्टीबाट निष्कासित चौहानले कारवाहीले आफूहरुको पार्टी पुनर्गठन अभियान नरोकिने बताए ।

चैत १६ गते, २०७७ - १५:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक...   

कोरोना महामारी फैलियो, सावधानी छैन

चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ...   

धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट...   

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र...   

शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा...   
कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

कोरोना बढेपछि यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौ । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई...   

नौ महिनामा मरे ३० गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका...   

नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका युवक अझै फेला परेनन्

डोटी । जिल्लाको सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय...   

बाँकेमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु

राँझा । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित...   
तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी

तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी

तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top