Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बजारमा माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि

फुङ्लिङ । नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको बजारमा माग बढ्न थालेको छ । चार/पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्, प्रायः सबैले खेती नै गर्न छाडिसकेका थिए । अहिले ताप्लेजुङको विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेपछि यसको मूल्यमा पनि वृद्धि भएको छ ।

फक्तालुङ गाउँपालिकाको लेलेप, ओलाङचुङ्गोला, तापेथोक, इखाबु, मिक्वाखोला गाउँपालिकाको पापुङ, नाल्बु, साँवा साथै सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन र सिदिङ्वा गाउँपालिकाको कालीखोला र शुरुम्खिम जस्ता उच्च भेगमा चिराइतोको व्यावसायिक खेती गर्ने गरिएको छ । यी सबै क्षेत्रको चिराइतोको मुख्य बजार भनेको तिब्बत नै हो । ओलाङचुङ्गोला नाका हुँदै चिराइतो तिब्बती बजारमा बिक्री हुने गरेको छ ।

विश्वव्यापी महामारी कोरोनाका कारण सो नाका बन्द भएकाले न्यून मूल्यमा पनि चिराइतोको किनबेच हुन सकेको थिएन । भारत हुँदै तेस्रो बजारमा प्रवेश गर्ने भएकाले विगत पाँच वर्षदेखि प्रतिमन रु सात हजारदेखि आठ हजारसम्ममा किसानको घरबाट व्यापारीले खरीद गर्ने गरेका थिए । अहिले प्रतिमन रु १२ हजारदेखि १५ हजारसम्म व्यापारीले घरबाट नै खरीद गर्न थालेका छन् ।

किसानका अनुसार विगत चार/पाँच वर्ष अगाडिदेखिको पछिल्लो समयको मूल्यमा बेच्दा किसानलाई यसको खेती र सङ्कलन गरेको खर्च नै नउठ्ने भएकाले खेती नै छाडेको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केसिङकुमार लिम्बूले बताए । लिम्बूले चिराइतो खेतीलाई नै मुख्य व्यवसाय ठानेर यस क्षेत्रमा लागेको २० वर्ष भएको छ । उनले भने, “आजभन्दा २० वर्ष अगाडि नै चिराइतोको मूल्य प्रतिमन रु १६ हजार थियो यसको हिसाबले हेर्दा पछिल्लो वर्षमा प्रतिमन रु सात हजारले कारोबार हुनु भनेको अत्यन्त दुखद रहेको छ ।” उनका अनुसार सबैभन्दा बढी मूल्यमा १० वर्ष आगाडि प्रतिमन ४० हजारमा बिक्री भएको थियो । अहिले उहाँले सो पेशा नै परिवर्तन गरिसक्नु भएको छ ।

लेलेपकै स्थानीय व्यापारी नाम्य शेर्पाका अनुसार स्थानीय गाउँका किसानको मुख्य नगदेबालीको रुपमा रहेको सो चिराइतोको भाउ नहुँदा उनीहरुको जीवनयापनमा पनि धेरै गाह्रो भएको छ । उनी पहिले यसबाट राम्रौ आम्दानी भएपछि पछिल्लो समय मूल्यमा हस आएसँगै धेरैले व्यावसायिक रुपमा खेती गर्न छाडेको बताए ।

मूल्य कम नभए पनि शेर्पाले आफूसँग भएको चिराइतो व्यापारीलाई सस्तोमा बिक्री नगरी राख्नु भएकाले अहिले राम्रो मूल्य पाएपछि ठूलो राहत भएको बताए । शेर्पाले प्रतिमन रु सात हजारमा किनेको चिराइतो भर्खरै प्रतिमन रु १२ हजार ५०० मा बिक्री गरे । शेर्पाले स्थानीय गाउँका कृषकबाट ३५ मन चिराइतो सङ्कलन गरेर राखेका थिए । मिक्वाखोला गाउँपालिका–५ पापुङका व्यापारी निमा शेर्पाका अनुसार लामो समयपछि चिराइतोको माग आएको र मूल्य पनि राम्रै आउने सङ्केत पाएपछि आफूले पनि विभिन्न स्थानबाट चिराइतो खरीद गर्न थालेको बताए । उनले भने, “यसपालिको माग भारतबाट बढी आएको छ, भारत हुँदै तेस्रो मुलुक निर्यात हुन्छ । सायद चीनको नाका ओलाङ्चुङगोला नाका खुलेको भए यो भन्दा अझ राम्रो दाम आउने थियो ।”

फुङ्लिङका व्यापारी तेञ्जिङ शेर्पाले पनि फक्ताङलुङ गाउँपालिका क्षेत्रबाट मात्रै अहिले १०० मनभन्दा बढी चिराइतो सङ्कलन गरेका छन् । उनले पनि भारतीय बजारबाट माग आएकाले आफूले सङ्कलन गरेको बताए । उनले १० हजारदेखि १५ हजारसम्म मूल्यमा चिराइतो खरीद गरेका छन् । उनका अनुसार यसपटक पछिल्लो पाँच वर्षपछि चिराइतोको मूल्य सबैभन्दा बढी आएको हो ।

चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने विज्ञहरु बताउँछन् । ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी ताप्लेजुङबाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । चालू आवमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ ।

गत वर्ष इलाम, पाँचथर र सङखुुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङ्गोला नाका हँुर्दै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङ्दाक शेर्पाले बताए । कोरोनाका कारणले ओलाङ्चुङ्गोलातर्फको टिपताला नाका १६ महिनादेखि बन्द भएको छ । नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर भारततिर निर्यात हुन थालेको शेर्पाले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies