
जनावरबाट मानिसमा कोरोनाभाइरस सर्यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ

-
-
चैत १६ गते, २०७७ - १४:०५

बेइजिङ । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।
एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ ।
अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्नहरु अनुत्तरित रहेका छन् । यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाई गरिएको छ । चिनियाँ अधिकारीहरुले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गाराएका थिए ।
एपीले जेनेभास्थित डब्लुएचओको कार्यालयका एक कुटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो । तर उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन ।
अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन् । जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोनाभाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको माशुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन ।
कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ । तथापी, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स–कोभ–२ भाइरस बीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुनसक्ने देखिएको छ ।
प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक ९प्यान्गोलिन०मा पनि भेटिएको उल्लेख छ, तर मिन्क (पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव) र बिरालामा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ । यी जीवजन्तुबाट पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिएको प्रतिवेदनमा भनिएको छ ।
उक्त प्रतिवेदन डब्लुएचओको अन्तर्राष्ट्रिय विज्ञहरुले कोभिड फैलिएको उद्गम स्थल उहानको भ्रमणमा आधारित छ ।
उहान मिसनको नेतृत्व गर्ने डब्लुएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरुप पाइसकेको बताउँदै यसका केही तथ्यजाँच र अनुवादको काम भइरहेको जनाकारी दिएका छन् ।
उनले भने, “मेरो विचारमा केही दिनभित्रै सम्पूर्ण प्रक्रिया पूरा भइसक्ने र यसलाई सार्वजनिक गरिने छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने
कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने...१ सय पिस ट्रेप्पल लागूऔषध सहित २० वर्षीय पौडेल पक्राउ
कास्की । पोखरा महानगरपालिका–३ नदीपुरबाट नियन्त्रित लागूऔषध १ सय पिस ट्रेप्पल सहित पोखरा महानगरपालिका–२...भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
भक्तपुर । तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर...चितुवा नियन्त्रणका लागि ३० वटा पानीका पोखरी निर्माण
तनहुँ । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण...मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण शुरु
काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५...बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले...अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु
इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको...अफ्रिकी मुलुक नामिबियालाई कोभाक्सबाट कोरोना विरुद्धको खोप उपलब्ध
विन्डहक । अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप...दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु
कान्दाहार । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको...भारतमा गत २४ घण्टामा थप कोरोना सङक्रमितको संख्या २ लाख १७ हजार
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि...
