Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

छोरीलाई ५ कक्षामाथि पढ्न मुस्किल

कैलाली । मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ ।

जानकी गाउँपालिका–५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ । पथरैयामा मुस्लिम समुदाय विगत ८० वर्षदेखि बसिरहेका छन् । बस्तीकै बीचमा विसं २०४८ मा स्थापना भएको बाल विद्या मन्दिर आधारभूत विद्यालय छ तर त्यो बस्तीबाट मुस्लिम समुदायकी बालिका शकिना खातुन जागाले मात्रै कक्षा ७ उत्तीर्ण गर्नुभएको छ । शकिनाको विवाह भइसकेको छ । आँगनकै विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने भए पनि यहाँका मुस्लिम बालिका भने ५ कक्षाभन्दा माथि पार गर्न सकेका छैनन् । किशोरावस्था प्रवेश गरेकी छोरीलाई विद्यालय पोशाक लगाउन परिवारको स्वीकृतिको अभाव हुने तथा बालविवाह गरिदिने कारणले ५ कक्षासम्म पढेका छोरीहरुले शिक्षालाई निरन्तरता दिन नसकेको बताएका छन् ।

समुदायले छोरीका लागि शिक्षा अनिवार्य नठानेकै कारण छोरीहरुले आँगनमै भएको विद्यालयमा समेत पढाइ पूरा नगरेको स्थानीयवासीको भनाइ छ । सानै उमेरमा बालविवाह गरेकी कुरेसा खातुनले शिक्षा आर्जन गर्ने इच्छा भएर पनि पूरा गर्न पाउनुभएन । बालविवाह गरेकी कुरेसालाई हाल शारीरिक समस्या छ । ‘मैले सानै उमेरमा विवाह गरेका कारण शारिरीक र मानसिक समस्या भोग्नुपर्यो्‘, कुरेसाले भने, ‘मैलेजस्तै आफ्ना छोरीले पनि यस्तो समस्या भोग्न नपरोस् भनी सम्झाउने गरेकी छु । यहाँ गरिबीका कारण छोरी पढाउनुभन्दा छिट्टै विवाह गरिदिने चलन छ ।’

घरायसी कामको बोझका कारण कक्षा ५ पढ्दापढ्दै विद्यालय छाडेकी जेहरा वालुम आजभोलि विद्यालय छाडेकामा पछुतो मान्नुहुन्छ । उहाँलाई पढ्ने इच्छा हुँदाहुँदै पनि अभिभावकको विरुद्धमा जान सकेनन् । ‘हाम्रो समाजमा छोरी ठूली भए विद्यालय पोशाक सर्ट, स्कट र पाइन्ट लगाउन अप्ठ्यारो मान्ने चलन छ । त्यसैले पनि छोरीलाई अलि ठूली भए घरकै काम सिकाउने गरिन्छ’, जेहरा भन्छन्, ‘हाम्रो चलनका कारण मजस्ता धेरै छोरीको शिक्षा पूरा हुन सक्दैन । चाहना भएका, पढाइमा अब्बल छोरी पनि घरमै थन्किन बाध्य छन् ।’

शिक्षक मोहम्मद नवी जागाले मुस्लिम समुदायका मान्यताका कारण छोरीको शिक्षामा बाधा पुगिरहेको बताए। ‘छोरीले छोटा लुगा लगाउन हुँदैन, विद्यालयको पोशाक छोटो पहिरन हुन्छ, छोरीले त्यो पहिरन लगाउनका लागि अनुमति पाउँदैनन्’, उनले भने, ‘बन्द वातावरणमा राखिएका छोरीहरुसमेत खुल्न सकेका छैनन् । उनीहरु लजालु स्वभावका छन् । उनीहरु आफ्नै विवेक प्रयोग गरेर विद्यालयलाई निरन्तरता दिन सकिरहेका छैनन् ।’

सामाजिक अगुवा साहिदअली जागा अशिक्षा र अभिभावकको कमजोरीका कारण छोरीहरुले पढाइ छाड्ने गरेको बताए। ‘शिक्षामा छोरीको पहुँच बढाउन र बालविवाह रोक्न अभिभावक जिम्मेवार बनेको देखिँदैन’, उनले भने, ‘निगरानी गर्न र अनिवार्य छोरी पढाउनुपर्छ भन्ने खालको नीति ल्याउन जरुरी छ । जसरी सरकारले बालविवाह गर्नेलाई कारवाही गर्ने कानून ल्याएको छ, त्यसैगरी छोरी नपढाउने अभिभावकलाई पनि कारवाही गर्ने कानूनी व्यवस्था हुनुपर्छ ।’

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले चलनका नाममा छोरीलाई शिक्षा आर्जन गर्नबाट वञ्चित गराइनु गलत भएको बताए । ‘पहिरन र चलनका नाममा छोरीमाथि भइरहेको लैङ्गिक विभेदले बालविवाहलाई प्रश्रय दिएको छ’, अध्यक्ष चौधरीले भने, ‘हामी छोरीको शिक्षामा गम्भीर छौँ, हामीले विद्यालय भर्ना कार्यक्रम, घरदैलो कार्यक्रमजस्ता काम गर्ने गरेका छौँ । यसरी पढाइ छाडेका छोरीको शिक्षामा सघाउन पालिकाले विशेष कार्यक्रम ल्याउनेछ ।’

गाउँपालिका अध्यक्ष चौधरीले पालिकाले विद्यालयमा आकर्षण बढाउन समुदायको मागअनुसार पोशाक वितरण, पाठ्यपुस्तक वितरणलगायतका कार्यक्रम सञ्चालन गरेर पनि विद्यार्थीलाई प्रोत्साहन गरिरहेकाले अभिभावकलाई छोरीको शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गरे । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies