Khabar Dabali Logo
  April 20, Tue

मेलम्चीको पानी उपभोक्ताको धारामा, वर्षौको सपना पुरा

काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौं बासीको वर्षौदेखिको धोको आज पुरा भएको छ । आइतबारबाट मेलम्चीबाट आएको पानी काठमाडौँबासीमा घर घरमा पुगेको छ । अघिपछि बन्द रहने धाराबाट पानी आएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले महाङ्कालस्थित पानी सङ्कलन तथा प्रशोधन केन्द्रबाट चावहिल, सरस्वतीनगर, गौशाला, एयरर्पोट क्षेत्रका वितरण प्रणालीमा पानी पठाएको हो ।

वर्षौंको प्रतिक्षापछि बन्द रहेको धारामा मेलम्चीको पानी झर्दा चावाहिल, सरस्वतीनगर, गौशला, एयरर्पोट आसपासका उपभोक्ताहरु खुसी भएका छन् । तीन चारदिन पछि पानी आउँदा ड्रम, बाल्टिनमा पानी भर्नु पर्ने समस्या अब नदोहोरिनेमा बिस्वास व्यक्त गरेका छन् ।

होली पर्वका दिन पारेर महाङ्काल पानी ट्याङ्कीबाट भल्भ खोलेर केयूकेयलका कार्यकारी निर्देशक मिलन कुमार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ भल्भको साँचो घुमाएर ट्याङ्कीमा भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाएका हुन् ।

आज २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको छ । यस्तै राती ८ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरण गरिँदैछ ।

चैत १५ गते, २०७७ - १७:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को माधव नेपाल समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले...   

१७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं । काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा...   

संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक,...   

जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने

काठमाडौं । उपत्यकामा कोरोना भाइरको बढ्दो सुरक्षा जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन...   

कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान...   

सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो

काठमाडौं । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेर नेकपा माओवादी केन्द्रको स्थायी कमिटी...   

माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी

काठमाडौं । अनुशासन उल्लघंन गरेको आरोपमा पार्टीले आफुसहित ३२ जना सांसदलाई पार्टीले स्पष्टिकरण पत्र...   

अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७...   

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !

काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भइ भर्खर नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह...   

एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top